www.tandavnews.com
Fact ~ In search of truth

श्रेयालाई बलात्कार पछि हत्या गर्ने पौडेल पक्राउ (घटनाक्रम सहित)

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज । 

पोखरा महानगर–२२ भुम्दीभुम्दीका कुशुम पौडेलले श्रेया बिकको बलात्कारपछि हत्या गरेको आरोप लागेको छ ।

२७ वर्षीय पौडेलले पनि स्वीकार गरेको स्रोतले बतायो । ‘श्रेयाको छिमेकीनै रहेछन्,’ उनले भने, ‘पौडेलले आफैले प्रहरीकहाँ स्वीकार गरेका छन् ।

Batas

सोमबार पौडेल रक्सीले मात्र नभएर गाँजाको नशामा घर आउँदै थिए । सोही क्रममा कोदी भन्ने ठाँउमा उनले श्रेया आउँदै गरेको देखे । श्रेयालाई उनले बोलाए । छिमेकीले बोलाएपछि नजाने कुरै भएन् ।

श्रेया पौडेल नजिक पुगिन् । पौडेलले १० रुपैंया दिए । श्रेया खुशी हँुदै पैसा के लिएकी थिइन् पौडेलले उनलाई च्याप्पै समाते । श्रेया कराउन थालिन् ।

उनको अवाज रोक्न पौडेलले घाँटी थिचे । त्यति गर्दा पनि नभएपछि झाडीमा फालिदिए । झाडीमा बजारिएकी श्रीया बोल्न सकिनन् ।

त्यही मौका पारेर पौडेलले बलात्कार गरे । त्यसपछि अरुलाई थाहा हुने डरले ढुङ्गाले टाउकोमा हानेर हत्या गरे । त्यसपछि पौडेल घर तिर लागे ।

सोमबार हराएकी श्रीयाको खोजी गर्ने क्रममा मंगलबार विहान शव फेला परेको थियो ।

बिकको बलात्कारपछि हत्या भएको पुष्टि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गरिसकेको छ ।  अस्पतालका ६ जना विशेषज्ञको टोलीले पोष्टमार्टम गरि सो कुरा पत्ता लगाएका हुन् ।

याे पनि पढ्नुहाेस्

पुम्दीभुम्दीकी श्रेयाको बलात्कार पछि हत्या, अपराधी नजिक प्रहरी

पुम्दीभुम्दीमा १० बर्षीया बालिका मृत अवस्थामा फेला

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.