संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।
जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चाडपर्वका बेला सवारीसंग सम्बन्धित उजुरी बढ्न सक्ने भन्दै नागरिक यात्रु सहायता कक्षको स्थापना गरेका छन ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले चाडपर्वको बेलामा हुन सक्ने आपराधिक र सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्धेश्यका साथ सहायता कक्ष स्थापना गरेको जानकारी दिए । चाडपर्वको समयमा बिभिन्न तरिकाले यात्रीहरु ठगिने गरेको भन्दै त्यस्तो हुन नदिनको लागि रणनीति तयार गरिएको उनले सुनाए । प्रहरी नायव उपरीक्षक तिवारीले भने ‘हामीले जिल्लालाई सुरक्षित बनाउन विशेष सुरक्षा रणनीति नै तयार पारेर सोही अन्तर्गत सहायता कक्ष स्थापना गरेका हौँ।’
![Batas](https://www.tandavnews.com/wp-content/uploads/2022/04/Batas.jpg)
उजुरी कक्षमा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, ट्राफिक प्रहरीका प्रतिनिधि र यातायात व्यवसायीका प्रतिनिधिहरुले संयुक्त रुपमा उजुरी सुनुवाई गर्नुका साथै यातायात व्यवसायीले क्षमता भन्दा बढी यात्रु राखे वा नराखेको र तोकिएको भन्दा बढी भाडा अशुल गरे वा नगरेको बिषयलाई मुख्य रुपमा अनुगमन गर्ने छन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले भने, ‘यात्रीले यात्राका क्रममा कुनै पनि गुनासो गर्नुपर्ने भएमा तुरुन्त यो कक्षमा सम्पर्क राख्न सक्नुहुनेछ । यातायात व्यवसायीले यात्रीलाई बढी भाडा लिने, बढी यात्री र सामान राख्ने लगायतका गल्ती गरेको पाईएमा तुरुन्त कारबाही हुन्छ ।’
पर्वतमा राखिएको नागरिक यात्रु सहायता कक्षले पर्वत सहित मुस्ताङ, म्याग्दी र बागलुङबाट पर्वत हुँदै अरु जिल्लामा जाने र अरु जिल्लाबाट साबिकको धौलागिरीमा भित्रिने चार ओटै जिल्लालाका यात्रीलाई सहयोग पुग्ने छ । यात्रा गर्ने क्रममा नागरिकले सवारीका संचालकहरुबाट गरिएका लापरबाही सहित यात्राका क्रममा हुन सक्ने चोरी, लुटपाट, दुव्र्यवहार, ठगी लगायतका बिषयमा पनि उजुरी गर्न सक्ने छन ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.