www.tandavnews.com
Fact ~ In search of truth

इक्यान कास्कीको अध्यक्षमा भुवन क्षेत्री र सचिवमा रुद्रप्रसाद अर्याल निर्विरोध चुनिए

पाेखरा
ताण्डव न्यूज ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान), कास्कीको सातौ साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा भुवन क्षेत्री निर्विरोध चुनिएका छन् ।

अध्यक्ष क्षेत्रीसँगै सचिव रुद्रप्रसाद अर्याल निर्विरोध चयन भए भने उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यका लागि निर्वाचन भयो । उपाध्यक्षमा सन्दिप अर्याल र कोषाध्यक्षमा प्रकाश गैह्रै विजयी भए । अर्यालले प्रतिष्पर्धी महेश पौडेललाई ८ मतान्तरले हराए । अर्यालको पक्षमा २१ र पौडेललाई १३ जनाले मत दिएका थिए ।

Batas

कोषाध्यक्षमा गैह्रै २२ मतले विजयी भए । प्रतिष्पर्धी पूर्ण न्यौपानेले १२ मत  ल्याए । सदस्यहरुमा हरि पराजुली, नशिव क्षेत्री, गणेश कोइराला र देवराज शर्मा विजयी भए । सदस्यकाे लागि ६ जनाले प्रतिष्पर्धा गरेका थिए । संघको कार्यकाल २ वर्षको रहनेछ ।

साधारणसभाको उद्घाटन गर्दै इक्यान केन्द्रिय अध्यक्ष विष्णुहरि पाण्डेले नेपालको कन्सल्टेन्सी क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) कुनै हालतमा भित्रन नदिने बताए ।

संघ, कास्कीका अध्यक्ष अध्यक्ष मिलन तिवारीको अध्यक्षतामा भएको साधारणसभामा सचिव भुवन क्षेत्रीले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रुद्रप्रसाद अर्यालले आर्थिक प्रतिवेदन पेश गरे ।

इक्यानकाे संस्थापक अध्यक्ष महेश भण्डारी हुन् । उनी दुइ कार्यकाल लगातार नेतृत्व गरेका थिए । तेस्रो कार्यकालकाे अध्यक्ष  मिलन तिवारी हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.