www.tandavnews.com
Fact ~ In search of truth

मादी गाउँपालिका गहतेमा दशैं मेला

पोखरा,
ताण्डव न्यूज ।

सृजना युवा क्लबले दशैं मेला तथा दोस्रो महिन्द्रनाथ देवी कप सेभेन ए साइड फुटबल प्रतियोगिता–२०७५ आयोजना गरेको छ ।

क्लबको २३ औँ वार्षिकोत्सवको अवसर पारेर यहि कार्तिक ४ देखि ६ गतेसम्म मादी गाउँपालिका–९ स्थित गहतेमा प्रतियोगिताको आयोजना हुने आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

Batas

खेलकुदमार्फत युवाहरुबीच एकआपसमा भातृत्व कायम गर्नुका साथै खेलकुदको विकास गराउन यस बर्ष पनि प्रतियोगिताको आयोजना गर्न लागेको क्लबका सचिव उत्तम गुरुङले जानकारी दिए ।

पर्यटनको अत्यन्त सम्भावना बोकेको मादी गाउँको पर्यटन प्रवद्र्धन एवम् प्रचारप्रसार गर्न साथै गहते गाउँलाई होमस्टे गाउँ बनाई आन्तरिक तथा बाह्रय पर्यटन प्रवद्र्धन र गुुरुङ साँस्कृतिक सम्पदाहरुको संरक्षण तथा व्यवस्था गर्न उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
फुटबल प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ सहित ट्रफि र मेडल, द्धितिय पुरस्कार ३० हजार रुपैयाँ सहित ट्रफि र मेडलको व्यवस्था गरिएको छ ।

साथै उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्स मिडफिल्डर, उत्कृष्ट स्टाइगर र हाइस्कोरलाई आकर्षक ट्रफि साथै प्रत्येक गेममा मेन अफ दी म्याचलाई ट्रफि प्रदान गरिने जनाइएको छ ।

फुटबल प्रतियोगिताको अलावा मानोरञ्जनका लागि ठेलो हान्ने, धनुषवाणलाई प्रथम तर्फ नगद, फोटो र प्रमाणपत्र, रस्साकस्सी तर्फ प्रथम समूहलाई नगद प्रदान गरिने आयोजकले जनाएको छ ।

मेच घुमाई, भित्र बाहिर खेल तर्फ प्रथम, द्धितिय र तृतीयलाई नगद पुरस्कारको व्यवस्था साथै विविध सांस्कृतिक कार्यक्रमहरु रहेका छन् ।
करिब २ लाख खर्च अनुमान गरिएको प्रतियोगितामा ३० टिम सहभागिहरुको अपेक्षा गरेको आयोजकले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.