www.tandavnews.com
Fact ~ In search of truth

को हुन एसपी कार्की ? जसले हिरासतमा राखे सांसद ‘मनाङ्गे’

पोखरा
ताण्डव न्यूज ।

प्रहरी सेवामा प्रवेश गरेदेखी नै उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतको लिस्टमा नाम कायम राख्न सफल रहेका प्रहरी अधिकृत हुन दानबहादुर कार्की । कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल मानिएका एसपी कार्की जहाँ गए त्यहाँ आफ्नो अलग छाप बनाउँछन् ।

२०५४ साल चैत्र २८ गते इन्स्पेक्टरमा भर्ती हुँदा होस् या डिएसपीमा बढुवा हुँदा, उनी एक नम्बरमा थिए । एसपीमा बढुवा हुँदा उनीमाथी अन्याय भएको भनेर प्रहरी संगठनमा चर्को अलोचना भएको थियो । एसपी कार्कीले जुन ठाँउमा कमाण्ड गरे त्यो ठाँउमा गरेका केही नोटिसेबल कामहरु :

Batas

केपी ओलीको त्यो स्कर्टिङ…

२०७३ सालमा तत्कालिन नेकपा (एमाले) को मेची–महाकाली अभियान कार्यक्रम अन्तर्गत राजविराजस्थित गजेन्द्रजारायण सिँह औद्योगिक क्षेत्रमा आयोजना गरेको कार्यक्रम विथोल्न प्रयास भएपछि गोली चल्यो । घटनामा ४ जनाको मृत्य भयो । आक्रोसित भिडले एमालेका शर्षि नेताहरुमाथी आक्रमण गर्न खोजेका थिए ।

अहिलेका प्रधानमन्त्री केपी ओली लगायतका नेताहरुको स्कर्टिङको जिम्ममा त्यो बेला यिनै एसपी कार्कीले पाएका थिए । सप्तरी जिल्लामा उनी डिएसपीको रुपमा कार्यरत थिए । घटनाले डर लाग्दो रुप लिइरहेका बेला यिनै कार्कीले प्रम ओली लगायतका शीर्ष नेतालाई घटना स्थलबाट सुरक्षा दिएर वाहिर निकाल्न सफल भएका हुन् । कार्कीको नाम लिँदै काठमाडौ आएपछि ओली प्रशंसा समेत गरेका थिए ।

भण्डारी दम्पती हत्या प्रकरण सफल अनुसन्धान

बुटवलमा एक व्यवसायी दम्पतीको हत्या घटनाको एसपी कार्कीले सफल अनुसन्धान गरेका थिए । २०६७ साल असार ९ गते व्यवसायी रमेश भण्डारी र श्रीमती आशा भण्डारीको बुटवल जेसिस चोकस्थित विष्णु भण्डारी स्टोर्समा गोली हानी हत्या गरिएको थियो ।

घटनामा संलग्न निमप्रसाद थापा, भोलेबाबा भन्ने शम्भु गौतम, पुरन श्रीस, श्याम प्रसाद विक, राजु गलामी, अर्जुन गौतम र कृष्ण गौतमलाई प्रहरीले पक्राउ गरि रुपन्देही जिल्ला अदालत पेश गरिएको थियो ।

दुगडमाथी मुद्दा चलाए

महानगरिय प्रहरी बृत बानेश्वरमा डिएसपी हुँदा कार्कीले दुगड समुहलाई मुद्दा चलाए । नाकाबन्दीको बेला धारा तेलमा कालोबजारी गरेको भेटिएपछि उनले मुद्दा चलाएका हुन् । कार्कीलाई दुगड समुहबाट पाँच करोडको अफर आउँदा समेत इन्कार गरेर कानुनी दायारामा ल्याएका थिए । उक्त काण्डमा त्यो बेला अख्तियारको उच्च पदाधिकारीबाट मुद्दा नचलाउन दवाव आएपनि हक्की स्वभावका कार्की, पछि हटेनन् ।

उत्कृष्ट काम गर्ने अधिकृत मध्येका एक कार्की

कास्की सुरुवा आउनु भन्दा अघि कार्कीले उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत भए । प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्य गरेको भन्दै कार्कीसहित ५ जना प्रहरी अधिकृतलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा कार्कीसहित एसपी मुकुन्द मरासिनी, चन्द्रकुवेर खापुङ्ग, डिएसपी ऋषिराम कँडेल र इन्स्पेक्टर गोविन्द पन्थी रहेका छन् । संगठनको निति निर्देशन शतप्रतिशत पालना गरेको र प्रशासनिक कुशलता प्रदर्शन गरेको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रहरीमाथी जाई लाग्ने लागु औषध कारोवारीलाई गोली चल्यो

एसपी कार्की पोखरा सरुवा भएको केही दिनमै एक लागुऔषध कारोवारी पोखरा–१० उत्तम चोकका गोविन्द थापामाथी गोली चल्यो । थापालाई पक्राउ गर्ने क्रममा प्रहरीमाथीनै जाई लागेपछि प्रहरीले गोली हानेको हो । एसपी कार्की भएकै हुनाले प्रहरीको मनोवल बढेको हो ।

सांसद दिपक मनाङ्गेलाई पक्राउ गरे

सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे सांसद हुनु अघि त उनलाई पक्राउ गर्न केही प्रहरी अधिकृत डराउथे । अब त उनीसँग पदको शक्ति पनि छ । पत्रकार सम्मेलनमै मान्छे कुट्नु पर्छ प्रहरीले के गर्छ ? भनेर कानुनलाई नै चुनौति दिए ।

गल्ती गरेर पनि स्वीकार गरे, त्यतिमात्र होइन उजुरी पनि पर्दा उल्टो दम्भ देखाएपछि कास्की प्रहरीले पक्राउ गर्ने तयारीमा जुट्यो । कास्कीका एसपी कार्कीकै आँटले सांसद दीपक मनाङगेलाई पक्राउ गरेर २ दिनको म्याद थपी अनुसन्धान अघि बढाएको छ । जुन कुरा गतिलो नजिर बनेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.