www.tandavnews.com
Fact ~ In search of truth

विकसित देशमा पनि महिला पत्रकारमाथि विभेद

पोखरा,
ताण्डव न्यूज ।

जुली बेष्टफलले विकासोन्मुख देशमा मात्र नभई विकसित देशहरुमा पनि महिला पत्रकारहरुमा विभेद हुने बताएकी छिन् । पोखरामा आइतबार संचारिका समूह नेपालले गरेको महिला पत्रकारहरु बीचको छलफलमा उनले अमेरिकमा पनि महिला पत्रकारमाथि विभिन्न हिंसा हुने गरेको खुलाइन् ।

बेष्टफलले भनिन्, ‘पत्रकार महिलाहरुको कतिपय समस्या विकसित मुलुक र विकासोन्मुख मुलुकमा एउटै रहेको छ ।’ सञ्चार क्षेत्रमा काम गर्दा उनले अमेरिका जस्तो विकासित मुलुकमा पनि महिलाहरुलाई राजनीति, अर्थ, खेलकुदमा भन्दा पनि महिलाको जीवनशैली, फेसनको बाटोमा साँघुरो गर्न खोज्ने उनले सुनाइन् ।

Batas

१७ बर्षको निरन्तर संघर्ष पछि पुरुष पत्रकारहरुमा प्रतिस्पर्धा गदै इस्युहरुलाई सञ्चार क्षेत्रमा स्थापित गर्न सफल भएको बताइन् । मिडिया हाउसमा पत्रकार महिलालाई समस्या देखिन थालेपछि रिपोर्टिङ् कसरी गर्ने भन्ने विषय भन्दा पहिला मिडिया हाउसमा आफ्नो विचारलाई स्थापित गर्ने भन्ने विषयमा केन्द्रित भएर महिला पत्रकारहरु संगठित भएको उनले सुनाइन् ।

कार्यक्रममा अमेरिकी दुताबासकी प्रवक्ता एण्डी डी आरमेन्टले पनि पत्रकार महिलाहरुमा भएका समस्याहरुका बारेमा खुलेर छलफल गर्ने र समाधानका लागि सबै एकजुट हुनुपर्ने धारणा राखिन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.