www.tandavnews.com
Fact ~ In search of truth

महिला हिंसा न्यूनिकरणका लागी अन्तरक्रिया

पाेखरा।

मानवअधिकारका लागी युवा समुह , इन्सेक गण्डकी प्रदेश , राष्ट्रिय मानवअधिकार आयोग, र पिपल्स फोरम नेपालको आयोजना बढ्दो महिला तथा वालिका हिंसाको न्यूनिकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश प्रमुख दिपकध्वज जंग कार्कीले महिला हिंसा न्यूनिकरण गर्न युवा बिधार्थीहरुको भुमिका महत्वपूर्ण हुने बताए ।

Batas

‘हिँसा भएपछि कानुनी कारवाही अवश्य हुन्छ त्यो भन्दा पनि हिँसा हुनै नदिन के गर्ने भन्ने महत्वपूर्ण विषय हो’उनले भने,‘युवा विधार्थीहरुकै सक्रियता र जिम्मवारी बोेधले हिँसा न्यूनिकरणमा ठूलो भुमिका रहन्छ ’ ।

उनले संविधान सबै नागरिकको पहुँचमा पुग्न नसक्नु कै कारण कार्यन्वयनमा समस्या देखिएको बताए । ‘संविधान राम्रो बनेको छ तर त्यसमा के छ भनेर सामान्य नागरिकले थाहा पाउन सकेनन् जसकारण संविधानको सफल कार्यन्वयन गर्न कठिनाइ भैरहेको छ’,उनले भने ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव प्रसाद खकुरेलले मानवअधिकार मैत्री समाज निर्माण गर्न युवा बिधार्थीको भुमिका महत्वपूर्ण रहने बताए ।
अधिवक्ता भुवन पराजुलीले जनताहरुले कानुनी ज्ञान भएकैै कारण घटनाहरु बाहिर आउन लागेको बताइन् ।

‘पहिले मिलाउने मिल्ने भन्ने हुन्थ्यो , अहिले बिस्तारै कानुनी ज्ञान बढ्दै गएको छ जसले घटनाहरु बाहिर आउन थालेका छन् हिँसा बढेको भन्दा पनि कानुनी ज्ञान बढेको देखिन्छ’,उनले भनिन् ।

पराजुलीले नेपालको मौलिक हक , देवानी र फौजदारी कानुनका बारेमा समेत प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यक्रम अधिकृत सवनम शर्मा , मानवअधिकारका लागी युवा समुहका विनय पराजुली लगाएतले बोलेका थिए ।

इन्सेक गण्डकी प्रदेश कार्यलयमा आयोजित कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पसका विधार्थीहरुको सहभागिता रहेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.