www.tandavnews.com
Fact ~ In search of truth

पर्वत अदालतका यी दुई फैसला

संजय रेग्मी

पर्वत ।

आफैले जन्माएको बच्चालाई हत्या गरेर नहरमा फालेकी पर्वतका फलेवास नगरपालिका १० कुर्घाकी १७ बर्षिया युवती र उनका प्रेमीलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ ।

Batas

पर्वत जिल्ला अदालतका न्यायधीश सुर्यबहादुर थापाले ती युवती वालिका भएका कारण बाल सुधार गृह सानो ठिमी भक्तपुरमा राखेर अनुसन्धान गर्न र उनका प्रेमी मनबहादुर मल्ललाई पर्वत जिल्ला कारागारमा थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएका हुन ।

ती यूवतीले गत भदौ १८ गते सोमबार राती आफ्नै घरमा शिशुलाई जन्माएर हत्या गरेपछि घर नजिकै रहेको पानीको नहरमा फालेकी थिईन । बच्चा जन्माएर हत्या गरि फालेको दुई दिन पछि प्रहरीले ती युवतीलाई पक्राउ गरेको थियो । उनले प्रहरी समक्ष प्रेमी मनबहादुरले बच्चा जे सुकै गर भनेपछि बाध्य भएर मारेर फालेको बयान दिएकी छिन । उक्त बच्चा मनबहादुरको हो वा होइन भन्ने पत्ता लगाउन डि.एन.ए परिक्षणका लागि पठाइएको छ ।

यसैबीच, आफ्नै घरमा मृत अवस्थामा भेटिएकी पर्वतको कुस्मा नगरपालिका ७ खरेहाकी बबिता गौतमका परिवारका सदस्यहरु धरौटीमा छुटेका छन ।

पर्वत जिल्ला अदालतले मृतक बबिताका श्रीमान सहित परिवारका चार सदस्यलाई एक÷एक लाख धरौटीमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । गत भदौ ५ गते आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी गौतमको मृत्यु शंकास्पद भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी दिएपछि कर्तब्य ज्यानमा मुद्दा चलेको थियो ।

पर्वत जिल्ला अदालतका न्यायधीश सुर्यबहादुर थापाको आदेशले मृतकका श्रीमान कृष्णप्रसाद गौतम, उनका ससुरा इमनाथ गौतम, सासु बिष्णु शर्मा र नन्द लक्ष्मी गौतमले जनही एक एक लाख धरौटी तिरेर छुटेका छन ।

मृतक बबिता र कृष्णका बिचमा गएको असार ७ गते बिबाह भएको थियो । बिबाह भएको दुई महिना नपुग्दै मृत फेला परेपछि श्रीमान कृष्ण र परिवारका सदस्यहरुले कर्तब्य गरेर मारेको आरोप माइती पक्षले लगाएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.