www.tandavnews.com
Fact ~ In search of truth

पर्वतको पैँयूमा कर शिविर

कुश्मा

पर्वत जिल्लाको पैँयू गाउँपालिकामा सञ्चालित एक दिने कर शिविरमा ४३५ जनाले सेवा लिएका छन् ।

पर्वत उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आयोजित सो शिविरमा राजश्व सङ्कलन, नयाँ उद्योग दर्ता र नविकरण गरिएको थियो ।उक्त शिविरमा आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति र कोष तथा लेखा नियन्त्रण कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराइएको थियो । त्यसअवसरमा उक्त सङ्घका सदस्यको नविकरण र नयाँ सदस्यतासमेत दिलाइएको थियो ।

Batas

शिविरमा ३६९ ले कर तिरेका ३२ ले व्यवसाय दर्ता गरेका, १३ ले नयाँ उद्योग दर्ता गरेका, १९ले व्यवसाय नविकरण गरेका र दुई जनाले प्रतिलिपी लिएका थिए । उद्योग दर्ताबाट मात्रै झण्डै रु दुई लाख राजश्व सङ्कलन भएको थियो ।

उक्त गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारी प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कर अधिकृत केशव उप्रेती र सङ्घका जिल्ला अध्यक्ष केदारनाथ शर्मालगायतले शिविरको प्रभावकारिता बारे चर्चा गरेका थिए । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.