पोखरा ।
बलात्कारपछि हत्या गरिएकी श्रेया विकको परिवारलाई कास्की प्रहरीले आफूले सम्मान सहित पाएको नगद हस्तान्तरण गरेको छ । किराँत सेवा समाज कास्कीले कास्की प्रहरीले अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै गत शनिबार सम्मान गरेको थियो ।
कास्की प्रहरी प्रमुख ओमबहादुर राना मगर, कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीलाई नगदसहित सम्मान गरिएको थियो ।
सम्मान सहित पाएको नगद हिजो सोमबार श्रेयाको घर पुम्दीभुम्दी कोदी मा पुगी गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारी, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर वुढा, कास्की प्रहरी प्रमुख ओम राना मगर लगायतले सम्मान स्वरुप प्राप्त रु २० हजार श्रेयाकी आमा बेलकुमारीलाई हस्तान्तरण गरेका हुन्।
पोखरा पुम्दीभुम्दीकी श्रेया सुनारको गत असोज ८ गते बलात्कारपछि हत्या गरिएको थियो । छिमेकी कुशुम पौडेलले उनको हत्या गरेका हुन् । श्रेयाको गत असोज ८ गते बलात्कारपछि हत्या भएको थियो । छिमेकी कुशुम पौडेलले उनको हत्या गरेका हुन् । रासस
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।