www.tandavnews.com
Fact ~ In search of truth

सि.सि. क्यामेरा बिग्रिँदा सुरक्षा चुनौती

पर्वत
संजय रेग्मी /ताण्डव न्यूज ।

बजारलाई सुरक्षित बनाउन भनी पर्वत सदरमुकाम कुश्मा बजारमा जोडिएका सि.सि. क्यामेरा बिग्रिएपछि चाडपर्वको बेलामा सुरक्षा चुनौती बढेको छ ।

४ वर्षअघि जडान गरिएका २९ ओटा सिसी क्यमेराहरु मध्ये अहिले ८ ओटाले मात्र काम गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए। पर्वत उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयको प्रयासमा जडान गरिएका क्यामेराहरु मर्मतको अभाबमा काम नलाग्ने बन्दा दशैँ र तिहारको समयमा हुन सक्ने अपराध, चोरी, लुटपाट लगायतका बिषयमा सुरक्षा चुनौती बढेको हो ।

Batas

जडान गरिएका सि.सि. क्यामेरा कुस्मा नगरपालिकाले ब्यबस्थापन गर्ने गरि हस्तान्तरण गरिएको थियो । यद्यपी नगरपालिकाले भने मर्मत नगर्दा समस्या भएको छ । प्रहरीले केबुल ब्यबसायीको सहयोग लिएर सामान्य मर्मतको काम गरेर अरु क्यामेराहरुलाई संचालनमा राखेको डि.एस.पी तिवारीले जानकारी दिए ।

क्यामेरा मर्मतको लागि प्रहरीसंग रकम अभाब भएका कारण कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीसंग कुराकानी भएको र बिग्रिएका क्यमेरालाई मर्मत गर्ने र काम नलाग्ने भएमा अरु क्यामेरा राख्न नगरपालिका सकारात्मक रहेको पनि डि.एस.पी. तिवारीले बताए । क्यामरा जडानका लागि पर्वत उद्योग बाणिज्य संघले पहल गरेपनि अहिले मर्मत नहुँदा ब्यबसायीले पनि क्यमेरा बिग्रिएका कारण आफ्ना पसलहरु असुक्षरित हुन सक्ने गुनासो गरेका छन ।

पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले क्यामेरा जडान गर्ने बेलामा सबैको चासो रहेको भएपनि अहिले क्यामेरा बिग्रिँदा सबै चुपचाप रहेको बताए । कुश्मामा बैंक तथा बित्तिय संस्थाहरु, सहकारी संस्थाहरु, व्यवसायी तथा स्थानीय बासिन्दाको सहयोगमा झण्डै ३० लाखको लगानीमा क्यामेराहरु जडान गरिएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.