www.tandavnews.com
Fact ~ In search of truth

गीतमा फलेवास गाउँ : ‘भाकौला देविस्थान ए है बसौला फलेवास’

पोखरा,
ताण्डव न्यूज ।

पछिल्लो समय पर्यटन प्रवद्र्धन र आफ्नो ठाउँलाई चिनाउनको लागि गाउँलाई समावेश गरेर गीत निकाल्ने प्रचलन बढ्दाे छ । गाउँलाई सम्बोधन गरेर थुप्रै गीतहरु बजारमा आइसकेका छन् ।

पर्वतको फलेवास नगरपालिका पनि आफैमा पर्यटकीय गाउँ हो । उक्त गाउँको बारेमा अब गीतबाट थाहा पाउन सकिने भएको छ । स्थानीय सरोज साजन श्रेष्ठले आफ्नै गाउँको बारेमा गीत तयार पारि सार्वजानिक गरेका छन् ।

Batas

‘रमाइलो फलेवास’ नामक गीतमा उनले शब्द र आवाज दिएका छन् । गीतमा कल्याण सिंहको संगीत रहेको छ । फलेवासमा रहेको धार्मिक संस्कार, साँस्कृतिक पक्षहरुलाई भिडियोमा उतारिएको छ ।

गायक श्रेष्ठले आफ्नै आधिकारिक युटुब च्यानलबाट गीत सार्वजानिक गरेका छन् । गीतमा बिरुन पुनले निर्देशन गरेका छन् । गीतमा बिनोद श्रेष्ठ र पल्लु पुनले अभिनय रहेकाे छ ।

गीतमा कोरियोग्राफर चक्र पुल्मीको रहेको छ । बिनोद श्रेष्ठ, सरोज साजन श्रेष्ठ र बिक्रम पौडेलको गीतमा लगानी रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.