www.tandavnews.com
Fact ~ In search of truth

प्रहरी दिवसको अवसरमा अमरप्रहरी प्रति श्रद्धान्जली

पोखरा,
ताण्डव न्यूज

६३ औं प्रहरी दिवसको अवसरमा अमर प्रहरी प्रति श्रद्धान्जली तथा पुर्नमिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा क्षेत्रीय सशस्त्र प्रहरी गण पोखरामा भएको कार्यक्रममा ‘अपेक्षा फलको छैन सधै कर्तव्य चिन्तन, आहुति प्राणको दिने तिमीमा अभिनन्दन’ भन्ने मुल भावनाले कर्तव्य पालनाका शिलसिलामा प्राणको आहुति दिने अमर प्रहरीहरुप्रतिको त्याग र वलिदानलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समयको परिवर्तन सँगै आम नागरिकले नेपाल प्रहरी आफ्नो सबैभन्दा नजिकको साथी हो भन्ने महुशुस गरिसकेको बताउँदै यसलाई जिवन्तता दिन प्रहरीले थप जनलक्षित गतिविधी गर्न आवश्यक रहेको बताए ।

Batas

साथै उनले विज्ञान र प्रविधिको विकाससँगै समाजमा नयाँ खालका अपराधहरु घट्ने गरेको बताउँदै त्यसलाई निस्तेज पार्न नेपाल प्रहरी संगठनलाई वैज्ञानिक स्रोत साधन र दक्षताले सम्पन्न गराउनुको विकल्प नरहेको बताए । समारोहमा ४ नं. प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले नेपाल प्रहरी संगठन भित्र सक्षमता र दक्षताको कुनै कमि नभएको बताए  ।

४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले सेवा प्रवाहका शिलसिलामा आफ्नो प्राणको आहुति दिने सम्पुर्ण अमर प्रहरीप्रति श्रद्धा सुमन अर्पण गर्दै संघियताको कार्यान्वयन संगै राष्ट्रको संस्थागत र प्रशासनिक विकासका क्रममा समाजमा आईपर्ने जस्ता सुकै चुनौतीहरुलाई पनि सामना गर्न नेपाल प्रहरी हरदम तयार रहेको औल्याए ।  प्रहरी दिवसको अवसरमा सञ्चालन गरिएका विभिन्न खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

विभिन्न विधाका सम्मानित उत्कृष्ट प्रहरी कर्मचारीहरू ः

– उत्कृष्ट साहसिक कार्य तर्फ ः सशस्त्र प्रहरी गण मुख्यालय पोखराबाट प्रहरी जवान ओम बहादुर सोमै
– उत्कृष्ट अपराध अनुसन्धान तर्फ ः जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी साहायक निरीक्षक सन्तोष सुवेदी
– उत्कृष्ट साहसिक कार्य (प्राकृतिक प्रकोप उद्दार तर्फ) ः जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी नायब निरीक्षक हिराथापा मगर
– उत्कृष्ट कार्यालय व्यवस्थापन तथा अनुसन्धान तर्फ ः (वडा प्रहरी कार्यालय वालिंग स्याङ्जाबा) प्रहरी निरीक्षक शंकरप्रसाद आचार्य
– उत्कृष्ट ट्राफिक प्रहरी कर्मचारी तर्फ ः जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक ऐन बहादुर मल्ल
– उत्कृष्ट कार्यालय ब्यबस्थापन तथा अन्य तर्फ ः वडा प्रहरी कार्यालय वैदाम कास्कीबाट प्रहरी नायब उपरीक्षक नविन कार्की
– उत्कृष्ट प्रहरी कार्य तर्फ ः ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराबाट प्रहरी नायब उपरीक्षक गोविन्द पुरी
– उत्कृष्ट जिल्ला प्रहरी प्रमुख तर्फ ः जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक ओम बहादुर राना

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.