www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री गुरुङद्वारा इमान्दारीका साथ काम गर्न आग्रह

काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागि रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारिताका साथ काम गर्दा मात्रै रहेका क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पार्नुभयो । रत्न–धर्म स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले उच्च नैतिकता र इमान्दारिताका साथ काम गरेकै कारण आफूले राष्ट्रको सेवा गर्ने अवसर पाएको बताए ।

Batas

मन्त्री गुरुङले मानवीय सेवा र समाज सेवाको काममा समर्पित भएर लाग्न सामाजिक सङ्घसंस्थालाई समेत आह्वान गरे । उच्च नैतिकता र इमान्दारिताका साथ काम गर्न उनले सबैलाई आग्रह गरे ।

मन्त्री गुरुङले शैक्षिक अभियानकर्मी डिबी खड्काद्वारा लिखित ‘कल्पना र बेदना’ तथा ‘सपना र सिर्जना’ नामक कविता सङ्ग्रह र ‘जुुँगुुदेखि मुगुुसम्म’ नामक आफ्नो अनुुभूति समेटिएको निबन्ध सङ्ग्रह विमोचन गरे ।

कार्यक्रममा नेपाली सेनाका उपरथी डा सहदेव खड्कालाई सम्मान गरिएको थियो । मन्त्री गुरुङले शैक्षिक अभियानकर्मी खड्काले उच्च माध्यामिक शिक्षा परिषद्मा कार्यरत रहँदा नेपालको शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याएको चर्चासमेत गरेका थिए ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.