www.tandavnews.com
Fact ~ In search of truth

सुनिन छाडे मालश्री धून

बालाराम खड्का 

मालश्रीको धूनसँगै दशैँमा बिहानै घरमा दुर्गा जगाउँदै गाउँदा दशैँ आएको सङ्केत गर्छ । तर, अचेल भने यस क्षेत्रमा मालश्रीका धून सुनिन छाडेका छन् । केही वर्ष पहिलेसम्म दशैँमा घरघरमा सारङ्गी बाजासहित दुर्गा जगाउन आउने गन्धर्व समुदाय हाल भने देखिन छाडेका छन् ।

पहिले प्रत्येक घरघरमा गन्र्धव समुदायका व्यक्ति दुर्गामा मालश्रीको धूनसँगै गाउन आएपनि अचेल एक दुई स्थानमा मात्र सो धुन बज्ने गरेको छ । “पहिलेपहिले बिहानै दुर्गा जगाउन भन्दै गन्धर्व समुदायका व्यक्ति घरघरमा आउने गर्दथे, हाल भने सो धुन लोप हुने अवस्थामा छ”, दाङ तुलसीपुर–७ का स्थानीय समाजसेवी कृष्णकुमार गिरीले बताए । तुलसीपुर–७ का विमल गौतमले एक जना गन्धर्व भएपनि आफ्नो घरमा आउँदा पुरानै संस्कृतिको जगेर्ना भएकामा खुशी व्यक्त गरे ।

हाल एक÷दुई बाहेक अन्य गन्धर्वले सो पेशा छाडेका छन् । युवा पुस्ताले चासो नदिँदा तथा राज्यले आफूहरुको पेशा संरक्षणका लागि चासो नदिँदा मालश्री तथा अन्य समयमा सारङ्गी बाजा बज्न छोडेको तुलसीपुर–४ निवासी शालिकराम गन्धर्वको भनाइ छ । “राज्यले यसतर्फ कुनै चासो दिएन, हाम्रो छोराछोरीले पनि पेशा अँगालेनन्”, उनले भने ।

कहीँकतै एक÷दुई जना गन्धर्वले पुख्र्यौली पेशा अँगाले पनि नयाँ पुस्ताले निरन्तरता दिन नसकेकोले पेशा सङ्कटमा परेको बताइएको छ । कसैले आग्रह गरेमा केही घरमा आफू दुर्गा गाउन जाने गरेको र एक्लैले नभ्याउने उनको भनाइ छ । “हामी जस्तै दुई÷चार जना पुराना व्यक्तिले संस्कृति जर्गेना गर्ने प्रयास गरेका छौँ”, घटस्थापनादेखि दुई÷चार घरमा दुर्गा जगाउँदै आएका छौँ”, प्रेम गन्धर्वले भने ।

दाङको तुलसीपुर–४ मा करीब ६० घर गन्धर्व परिवारको बसोबास भए पनि थोरैले मात्र सारङ्गीवादन जानेका छन् । आफूहरुलाई राज्यले सहयोग नगर्दा सारङ्गी बाजा लोप हुने अवस्थामा पुगेको अर्जुन गन्धर्वले बताए । उनले स्थानीय निकाय तथा सम्बन्धित संस्थाले आफूहरुको पेशा संरक्षण र जीविकोपार्जनका लागि ठोस कार्यक्रम ल्याउनसमेत माग गरे । (रासस)

Lama collectio News Middle

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop