www.tandavnews.com
Fact ~ In search of truth

छोम्रोङ कटेजबाट ४ लाख २० हजार चोरेर मध्यरातमा कुक फरार

पोखरा
ताण्डव न्यूज ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा ११, छोम्रोङ स्थित छोम्रोङ कटेजबाट गएराति नगद ४ लाख २० हजार चोरि भएको छ ।

सोही कटेजमा विगत एक महिना देखि कार्यरत सप्तरी जिल्ला पिपरा पश्चिम–१, का युवराज कार्कीले कटेजको एउटा कोठामा दराज भित्र राखिएको बक्सबाट नगद चोरेर फरार भएका हुन् ।

Batas

‘पैसा राख्ने कोठा उसलाई थाहा रहेछ,’ छोम्रोङ कटेज सञ्चालककी छोरी कान्ति गुरुङले ताण्डव न्यूजलाई भनिन्, ‘पहिले कोठाको ढोका, दराज र पैसा राखेको बक्स फोरेर पैसा चोरेर रातमै फरार भएछ ।’

नगद चोरि गरेर फरार भएका कार्की विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा आज बिहान १० बजे जाहेरी दरखास्त मार्फत घटनाको जानकारी गराइएको छ ।

madi
machhapuchre

फरार कार्की रोजगार व्रिच जोरपाटी, काठमाण्डौं एजेन्सीबाट कुकको रुपमा छोम्रोङ कटेज पुगेका थिए ।

करिव १० बजे तिर कटेजका सञ्चालकहरु सबै सुत्न गएपछि कुक कार्कीले त्यस्तै १० बजेर ३० मिनेटको सयममा चोरि गरेको सञ्चालकको अनुमान छ ।

पैसा राखेको ढोकामा ताला लगाईएको भएपनि कार्कीले स्क्रु ड्राइभरको सहायताले कार्कीले स्क्रु नट खोलेर पैसा चोरेका थिए । उनले कोठाभित्र रहेको दराज र पैसा राख्ने गरेको बक्सको स्क्रु नट खोली नगद चोरि गरेको गुरुङले बताइन् ।

फरार कार्कीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.