www.tandavnews.com
Fact ~ In search of truth

एक भलादमी साथीलाई पुस्तक सम्बन्धी चिठी

दशैं बिदामा के पढ्न सुझाव दिनुहुन्छ भनेर तपार्इँले मसँग सोध्नु हुँदा मसँग ठ्याक्कै जवाफ थिएन ।

हेर्दा निकै अध्ययनशील तर सधैं हतारमा जस्तो प्रतित हुने तपाईसँग यो पत्र पढ्ने फुर्सद पनि छ कि छैन मलाई थाहा छैन । म आफ्नै छोटो गन्थन सुनाउन चाहन्छु । यसलाई मन्थन गर्नुस् या नगर्नुस् तपार्इँको मर्जी ।

दशैं तिहारको लामो बिदा कामले मनोटनस भएकाहरूका लागि पुनर्ताजाकीको मौका हो । वर्षदिन घरबाट टाढा रहेका परिवार र आफन्तजनसँग भेट्ने अवसर पनि हो । यो नयाँ–नयाँ स्थलको यात्राको संयोग पनि हो । मलाई आफन्तजनसँगको भेट र यात्रा दुबैले नौलो र सुखद अनुभूति दिन्छन् र भविष्यको गोरेटोलाई सहज बनाउन मद्दत हुन्छ जस्तो लाग्छ ।

Batas

पुस्तक एउटा अर्को विकल्प हो जसले कसैको मानसिकतामा परिवर्तन ल्याउन सक्छ, जीवन र जगत्प्रतिको दृष्टिकोण स्पष्ट पार्न मद्दत गर्छ । फ्रान्सिस् बेकनले भनेजस्तै इतिहास पढ्नाले मान्छे बुद्धिमान बन्छ, कविता पढ्नाले जेहेन्दार, गणितले चलाख, प्राकृतिक दर्शनशास्त्रले खँदिलो व्यक्तित्व निर्माण गराउँछ, नैतिक शिक्षाले गम्भीर र न्याय तथा अलङ्कारले बहस गर्न समर्थवान् बनाउँछ ।

तर पुस्तक अध्ययन गर्दैमा सबै मानिसहरू असल र महान् बन्दैनन् । केही पुस्तकहरूले पाठकलाई दिग्भ्रमित पार्छन् र निराश पनि पार्छन् । जस्तो पाइयो त्यस्तै पुस्तकहरू पढ्दा हामी आफ्नो लक्ष्यमा पुग्न सक्दैनौं । हो, शोखको लागि पढिने किताबहरू पनि हुन्छन् तर सस्ता जासुसी र अपराध उपन्यास र रुन्चे प्रेमकथाहरूले पाठकलाई यथास्थितिमै रमाइरहन सहयोग गर्छन् । बजारमा त्यस्ता किताबहरू छ्यास्छ्यास्ती पाइन्छन् ।

पठनयात्राको सुरुवाति कालको चर्चाले तपार्इँलाई फाइदा नगर्ला । सही साहित्य मैले विपी कोइरालाका उपन्यासहरू र कथाबाट पाएँ । त्यसपछि मैले रुसी साहित्य पढें । रुसी जनजीवनको जीवन्त तस्विर भएको म्याक्सिम गोर्कीका आत्मजीवनी र उनको ‘आमा’ उपन्यासले ममा विद्रोहको झिल्का बालिदिएकै हो । त्यसपछि चिनियाँ लेखक लुसुनका निबन्धहरूले पनि मलाई प्रभाव पारे । अनि सञ्जय थापा, मोदनाथ प्रश्रित, अग्निशिखाका लेखहरूले पनि मलाई उचालेका हुन् ।

तर जर्ज ओर्वेलको ‘एनिमल फार्म’ र ‘१९८४’ ले मभित्र बल्न लागेको विद्रोहको आगोमा पानी पारीदिए ।

ग्याब्रियल गार्सिया मार्खेज, पाब्लो नेरुदा, अल्बेयर कामु, फ्रान्ज काफ्का, मिलन कुन्देरा, टोल्सटोय, दोस्तोएभस्की मिखायल शोलोखोभ, यासुनारी कावाबाता, हारुकी मुराकामी, भ्लादिमिर नाबोकोभ पढ्नुस् । हुन त नाबाकोभको ‘पेल फायर’ बडो जटिल छ भनिन्छ । महान् भनेर भनिने जेम्स ज्वाइस जस्ता जटिल लेखकहरूलाई सुरुमै नपढ्नुस् । सजिला र सरल किताबहरूबाट सुरु गर्नु उत्तम हुन्छ । भारतीय स्वतन्त्रताको वरिपरि के भएको थियो त्यसको जादुइ यथार्थ सल्मान रुश्दीको ‘मिडनाइट चिल्ड्रेन’मा पाउनुहुन्छ ।

अफ्रिकाका आदिवासी जनतामा कसरी इसाई धर्मले प्रवेश पायो भनेर बुझ्न चिनुवा अचेवेको ‘थिङ्स फल अपार्ट’ एउटा आँखी झ्याल बन्न सक्छ । द ग्रेट डिप्रेसनको बेला अमेरिकीहरूले कस्तो कष्ट उठाएका थिए भनेर बुझ्न चाहनुहुन्छ भने जोन स्टेन्बेकको ‘द ग्रेप्स अफ ¥याथ’ मा यात्रा गर्नुस् । हाम्रा धेरै दाजुभाइहरू खाडी मुलुुकमा श्रम बेच्न गएका छन् । त्यहाँको कथा मीनराज वसन्तर्को मुदिर’र बेन्जामिनको ‘खबुज’ले राम्ररी भन्छन् ।

जीवनको कुनै कालखण्डमा ममा चरम निराशा छाएको थियो, स्टेभेन आर कोवेको ‘सेवेन हेबिटस् अफ हाइली इफेक्टिभ् पिपल’ले मलाई त्यो निराशाको खाडलबाट निकालेको मान्छु । त्यस्तै मृत्युसँगको लडाइँताका मैले अमेरिकी प्रोफेसर ¥याण्डी पाउशको ‘द लास्ट लेक्चर’ र जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा’ को पुनर्अध्ययन गरें जसले गर्दा शायद म त्यति हतास पनि भइनँ ।

नेपाली भाषा र व्यंग्य सिक्न तानासर्मा, भैरव अर्याल र खगेन्द्र सँग्रौलालाई पढ्नुस् । तपार्इँ नेपाली भाषा र दर्शनको मजा लिन चाहनुहुन्छ भने पारिजातको ‘शिरीषको पूmल’ र सरुभक्तको ‘पागल वस्ती’ पढ्न सक्नुहुन्छ । समसामयिक नेपाली कविता पढ्न मन लागे सरीता तिवारीलाई पढ्नुस्, मनु मञ्जिल र भुपीनलाई पढ्नुस् । रावत र स्वप्निल स्मिृतिका कविताले पनि तपाईँलाई झस्काउँछन् । हो भाषाकै लालित्य खोज्ने हो भने देवकोटाका निबन्धहरू नियाल्नुस्, शङ्कर लामिछानेसँग सङ्गत गर्नुहोस् ।

रोशन शेरचनका निबन्धहरू पनि सिनेमा, संगीत र संस्कृतिसम्बन्धि हुन्छन् र ती निकै बौद्धिक पनि छन् । वादीहरूको वस्तीमा जान चाहनुहुन्छ भने सरस्वती प्रतीक्षाको ‘नथिया’ र विवेक ओझाको ‘ऐलानी’ पढ्नसक्नुहुन्छ । एकजना पिता र पुत्रको प्रेम अनि कर्णालीको दुःख एकैचोटि बुद्धिसागरको ‘कर्णाली ब्लुज’मा बुझ्नुस् ।

भारतीय उपमहाद्वीपका बालविधवाहरुको आँसुको नदी अमर न्यौपानेको ‘सेतो धर्ती’मा बग्छ । सीमाक्षेत्रमा हुने अतिक्रमण नयनराज पाण्डेको

‘लु’मा डरलाग्दो र नाटकीय किसिमले लेखिएको छ । राणाकालीन काठमाडौंको काँठ बुझ्न नारायण ढकालको ‘प्रेतकल्प’ पनि ठीक होला । सुधीर शर्माको ‘प्रयोगशाला’ पढ्नुहुन्छ कि ? हरि बहादुर थापाको ‘रजगज’ पढ्नसक्नुहन्छ? आत्मसम्मान र स्वभिमान कसरी गुमाइरहेका छौं, थाहा पाउनुहुन्छ । स्वैरकल्पनाको दुनियाँमा डुल्न चाहनुहुन्छ भने कुमार नगरकोटीका कथाहरू र मिस्टिका नछुटाउनुस् । हुन त नगरकोटी बुझ्न अलि गाह्रै हुन्छ । गनेस पौडेलको पैताला पनि अलि संयमतापूर्वक पढुनुस् ।

म चाहिँ यो बिदामा इजराइली लेखक युवल नोह हरारीको ‘२१ लेसन्स फर द २१ सेन्च्युरी’ पढ्दै छु । उनको ‘स्यापियन्स’ र ‘होमो डियस’ पढेपछि म उनको जबरजस्त प्रशंसक बनेको छु । मेरो एकजना मित्रले दिएको नोबेल पुरस्कार विजयी अर्थशास्त्री रिचर्ड थेलरको

‘मिसबिहेविङ’ पनि पढ्नुछ र्। योगमाया’ पढ्नुछ । पढ्नलाई समय नै पो कहाँ पुग्छ र?

मैले अहिलेलाई यति भनें । कति त मलाई अहिले सम्झना पनि छैन । अब तपाइँ आफ्नो रुचिअनुसारको केही पढ्नुस् , कम जुवातास खेलेर कम रक्सी मासु खानुस् । स्वस्थ्यमा अधिक ध्यान दिनुस् । दशैंको शुभकामना !

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.