www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीद्धारा एचआइभी सङ्क्रमित बालबालिकालाई टीका(फोटो फिचर सहित)

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई हिजो (शनिबार) दशैँको टीका लगाइदिएका छन् ।

Batas

सो विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उनका धर्मपत्नी राधिका शाक्यले सामूहिक टीका लगाइदिएका हुन् ।

सो अवसरमा बालबालिकाले गायन लगायत विभिन्न विधाका कला प्रस्तुत गरेका थिए भने प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था र उनीहरुको आवश्यकताका बारेमा विद्यालयका शिक्षकसँग चासो राखी राम्रो शिक्षा दिन आग्रह गरेका थिए । रासस

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.