www.tandavnews.com
Fact ~ In search of truth

दशैंमा पोखरामा १२ सवारी दुर्घटना,१को मृत्यु, ७ घाईते

पोखरा ।

पोखरामा असोज २४ गते घटस्थापनादेखि कात्तिक ४ गते हिजो सम्म  १२ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

दशैंको समयमा तीव्र गतिमा सवारी चलाउँदा भएको दुर्घटनामा १ जनाको ज्यान गएकोे छ भने ७ जना घाईते भएका छन् ।

Batas

तिन ओटा गम्भीर प्रवृतिका दुर्घटना भए भने अन्य दुर्घटना सामान्य प्रकारका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पोखराका प्रवक्ता शिव प्रसाद पाठकले जानकारी दिए ।

पोखराको बुलौदीमा ,बाराही चोक र सिर्जना चोकमा दुर्घटना भएको थियो । दुर्घटना मादक पदार्थ सेवन (मापसे) गरी तीव्रगतिमा सवारी चलाएका कारण भएको प्रवतmा पाठकले बताए ।

यस्तै दशैको समय सवारी चेकजाँच गर्दा ७ सय ८१ सवारी चालक कारवाही परे भने चेकजाँच बाट पाँच लाख २९ हजार राजश्व संकलन भएको पाठकले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.