www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा कुटपिट गर्ने ६ पक्राउ

कास्की / ताण्डव न्युज  ।

दशैँको भोलीपल्ट कार्तिक ३ गते शनिबार कास्की को माछापुच्छे्र गाउँपलिका बाट कुटपिट गर्ने ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडा नम्बर १ मिर्सा गाउँका बर्ष ३० का खजना गुरुङ,बर्ष २० क विधान गुरुङ,बर्ष २४ का दले गुरुङ ,बर्ष २५ का लक्ष्मण गुरुङ ,बर्ष २२ का उमेश गुरुङ ,र बर्ष ३० का हिमाल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Batas

रुम्जा र मिर्सा गाउका खेलाडि बिच मैत्रिपुर्ण खेल भइरहँदा सामान्य बिवाद भए पछि पक्राउ पर्नेहरुले रम्जाका स्थानियलाई कुटपिट गरेका थिए ।मादक पदार्थ सेवन गरेका उनीहरुले खेल खेल्दाको सानो बिवादलाई लिई रुम्जा गाउका मानिसहरु माथी लाठी प्रहार गरेका थिए ।

लाठी प्रहार बाट रुम्जा गाउकी चन्द्र कुमारी पुन, धन बहादुर मगर, आनन्द कुमार पुन, सुजन पुन घाईते भएको प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

साथै उक्त घटना संग्लन अन्य ५ जना फारार रहेका छन उनीहरुको खोजी जारी रहेको छ । प्रकाउ परेका माथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.