
पोखरा ।
इक्यान कास्कीको हालै सम्पन्न बैठकले सल्लाहकार परिषद गठन गरेको छ ।
परिषदको अध्यक्षमा रमेशकुमार थापालाई मनोनित गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए । प्रदीप पोखरेल र समीरबहादुर थापा पनि सल्लाहकारमा मनोनित भएका छन ।

यसैबीच नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीका अध्यक्ष भुवन क्षेत्रीले इक्यानमा आबद्ध सम्पूर्ण व्यवसायीहरुको भावनालाई समेटेर आफू अगाडि बढ्ने बताएका छन् ।

इक्यान कास्कीले दसैं तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष क्षेत्रीले व्यावसायिक हकहित नै आफ्नो पहिलो प्राथमिकता रहेको प्रतिबद्धता व्यक्त गरे ।
‘इक्यानका हरेक गतिविधिमा सम्पूर्ण सदस्य साथीहरुको उत्साहजनक सहभागिता रहनेमा म विश्वस्त छु,’ उनले भने ।
कार्यक्रममा बोल्दै इक्यान कास्कीका सल्लाहकार परिषदका अध्यक्ष रमेशकुमार थापाले इक्यान कास्की भित्र गुट उपगुट स्वीकार्य नहुने बताउँदै एकताका साथ अगाडि बढ्न आग्रह गरे । सल्लाहकार प्रदीप पोखरेलले परामर्श व्यवसायको प्रवद्र्धनमा लाग्न बर्तमान कार्य समितिलाई सुझाव दिए ।
अध्यक्ष भुवन क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निबर्तमान अध्यक्ष मिलन तिवारी, कोषाध्यक्ष ओमप्रकाश गैरे, कार्यसमिति सदस्य तथा अरिरिक्त क्रियाकलाप संयोजक गणेशप्रसाद कोइराला, कार्यसमिति सदस्य देवराज शर्मा, व्यवसायी पूर्णचन्द्र न्यौपाने लगायतले बोलेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।