www.tandavnews.com
Fact ~ In search of truth

‘लेक लाग्नु’काे कारण के ? कसरी बच्ने ?

पोखरा
ताण्डव न्यूज ।

लेक लाग्नु अर्थात अंग्रेजिमा अल्टीट्यूड सिकनेस । यसलाई एकयूट माउण्टेन सिकनेस, हाइपोबेरोपेथी, अकोस्टा डिजिज पनि भनिन्छ ।

लेक लाग्नुको कारण अक्सिजनको मात्रा नपुगेरै हो । हामी जति जति उचाईमा गयो त्यति बोटविरुवा कम पाइन्छन् । बोट बिरुवा जति कम हुँदै जान्छन् , त्यति अक्सिजनको मात्रा कम हुन्छ ।

Batas

त्यसैले उचाईमा जाँदा शरिरलाई अक्सिजनको मात्रा पुग्दैन । अनि स्वासप्रश्वास बढ्नु, टाउको दुख्नु, निंद्रा लाग्नु, शरिर कमजोर हुनु, होस गुमेजस्तो हुनु आदि लेक लाग्नुका लक्षण हुन् । राती निंद्रामै स्वासप्रश्वासमा समस्या भएर ब्यूंझिनु जस्ता लक्षण देखिन्छन्।

लेक लागेपछि ज्यान जाने खतरा बढ्छ । शरिरमा अक्सिजनको मात्रा कम हुने बित्तिकै शरिरको सबै अंगमा यसले असर गर्छ र बिरामीको केही घण्टामै मृत्युसम्म हुनेगर्छ ।

कसरी बच्ने?

लेक लागिहालेमा पहिलो विकल्प भनेको तल झर्ने नै हो । कम्तिमा १ सय देखि २ सय मिटर फर्किहाल्नु पर्छ ।

उचाईमा जाँदा धेरैभन्दा धेरै तातो पानी पिउने, झोल पेय पदार्थ जस्तै सुप, जुस पिउनुपर्छ । जसले शरिरमा अक्सिजनको मात्रा बढाउँछ ।

उचाईमा अल्कोहल पिउन हुन्न । केहि गरि कम नभए रेस्क्यूकालागि सम्पर्क गर्नुपर्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.