www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा विवेकशील साझाको संगठन विस्तार तथा प्रदेश संयोजक घोषणा कार्यक्रम

पोखरा ।

पोखरामा विवेकशील साझा पार्टीको संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ । विवेकशील साझाको देशव्यापी संगठन विस्तार कार्यक्रम अन्तरगत पोखरामा जिल्ला कमिटिको सँयोजनमा प्रदेशस्तरिय यो कार्यक्रम हुन लागेको हो ।

कात्तिक ९ र १० गते हुन लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको विवेकशील साझा पार्टी जिल्ला कमिटि कास्कीले जनाएको छ ।

Batas

यो कार्यक्रमका लागि पार्टीका शिर्ष नेताहरु पोखरा आउने जिल्ला सचिवालयका सदस्य सुरेश पहारीले जानकारी दिए । सचिवालयले दिएको जानकारी अनुसार विवेकशील साझाका सँयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापा सहित केन्द्रीय नेताहरु केशव दाहाल, डा. सूर्यराज आचार्य, रञ्जु दर्शना लगाएत पोखरा आउने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सँयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले विवेकशील साझाको राजनीतिक मूल्य र मान्यताको विषयमा आफ्ना धारणाहरु राख्नेछन् । त्यस्तै डा. सूर्यराज आचार्यले विवेकशिल साझा पार्टीको राजनीतिक दर्शन र अर्थतन्त्र विषयमा आफ्नो विचार राख्नेछन् । अर्का नेता केशव दाहालले नेपालमा वैकल्पिक राजनीतिको औचित्यको बारेमा प्रकाश पार्नेछन् भने युवा नेतृ रञ्जु दर्शनाले युवा पुस्ता राजनीति र सामाजिक अभियानको विषयमा बोल्नेछन् ।

‘सेड्युल’अनुसार कात्तिक ९ गते शुक्रबार संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम हुनेछ भने कात्तिक १० गते शनिबार विवेकशील साझाको गण्डकी प्रदेश संयोजक घोषणा गर्ने कार्यक्रम रहेको छ । गण्डकी प्रदेश सँयोजक घोषणाका लागि पार्टीले विशेष तयारी गरिरहेको छ । प्रदेश सँयोजक घोषणा कार्यक्रम पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने सचिवालयले जानकारी दिएको छ । घोषण कार्यक्रममा सबै सर्वसाधारणहरुले सहभागिता जनाउन सक्नेछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.