www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा धान उत्पादन दश प्रतिशत बढ्ने

पर्वत ।

यतिबेला मुख्य बालीका रुपमा चिनिने धानबाली भित्र्याउने चटारो शुरु भएको छ । वर्षभरि खानका लागि प्रयोग हुने धानबाली पाकेपछि बाली भित्र्याउन पर्वतवासीलाई भ्याइनभ्याइ भएको हो ।

जिल्लाको कूल नौ हजार २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली भित्र्याउन किसान बिहानदेखि बेलुकासम्म खेतमा व्यस्त हुन थालेका छन् । जिल्लामा स्थानीय छेमरोङ, खुमलटार, गौरिया, गुडुरा, मार्सी, पहेले, जर्नेली लगायत जातका धान खेती हुँदै आएको छ ।

Batas

गत वर्ष १० प्रतिशतले उत्पादन बढेको धान यस वर्ष पनि अनुकूल मौसमका कारण १० प्रतिशतले नै वृद्धि हुने जिल्ला स्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष समयमै रोपाइँ गर्न पाइएको र अनुकूल मौसमका कारण अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढ्ने भएको हो । धानखेती राम्रो भएकाले कृषकहरू उत्साहित छन् ।

धान उत्पादन हुने पकेट क्षेत्रमा समयमै भएको रोपाइँ र पछिल्लो समय सम्म निरन्तर परेको वर्षाका कारण उत्पादन बढ्ने देखिएको उक्त केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । थन्क्याउने बेलासम्म असिना पानीले असर गरेन भने यस वर्षको उत्पादन निकै राम्रो छ उनले भने ।
जिल्लामा रहेको करीब २८ हजार हेक्टर खेती योग्य जमीन मध्ये २० हजार हेक्टर जमीनमा धानखेती हुने उक्त केन्द्रले जनाएको छ ।

पर्वतका अधिकांश जमीनमा अहिले पनि आकाशे पानीको भर पर्नु परेकाले केहीले खेतबारी बाँझै राख्ने गरेका छन् ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.