www.tandavnews.com
Fact ~ In search of truth

आँखामा गाडिएको हँसिया शल्यक्रियापछि निकालियो

भद्रपुर ।

घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ ।

दशैँ मनाउन पथरी शनिश्चरे–३ स्थित मावलीघर गएका बेला साथीसँग रहरले घाँस काट्न जाँदा चिप्लिएर लड्दा यही कात्तिक ५ गते उनको दाहिने आँखाको तल्लो भागमा धारिलो हँसिया गाडिएको थियो ।

Batas

डेढ घण्टाभित्रै अस्पताल ल्याइएकी अंशुको जटिल शल्यक्रिया गरी आँखा सकुशल जोगाएर हँसिया निकालिएको उपचारमा सलग्न डा धिरज गिरीले बताए।

“अलिकति तलमाथि भएको भए आँखा गुम्न सक्थ्यो”, डा गिरीले शुक्रबार हिजो पत्रकार सम्मेलनमा भने, “मेरो नेतृत्वको चिकित्सक टोलीले अस्पतालमा भएका अत्याधुनिक उपकरणको प्रयोग गरेर अत्यन्तै कुशलतापूर्वक उनको उपचार गर्न सफल भयौँ।”

अस्पतालले उपचार पूरा भएपछि हिजो नै उनलाई घर पठाएको छ । अंशुको दाहिने आँखाबाट घोपिएको हँसिया देब्रे आँखासमेत भेट्ने गरी फसेको थियो ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.