www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा तीन ठाँउमा दुर्घटना २१ घाइते

पोखरा
ताण्डव न्यूज । 
गण्डकी प्रदेशका विभिन्न जिल्लामा शनिबार (आज) तीन ठाँउमा सवारी दुर्घटना भएको छ । नवलपरासी पूर्व र तनहुँमा सवारी दुर्घटना भएको हो । नवलपरासीमा मात्रै १६ जना यात्रुहरु घाइते भएको प्रदेश प्रहरी कार्यालयका प्रवत्ता तथा डिएसपी गोविन्द पुरीले जानकारी दिए ।

नवलपरासीको मध्यविन्दु नगरपालिका ११ स्थित बाहुनेकुनामा पर्ने पूर्वपश्चिम लोकमार्गमा बर्दिया बाट काठमाडौँ जाँदै गरेको ना ६ ख ८४३९ नम्बरको बसले रोकी राखेको ना ६ ख ५९२ नम्बरको ट्रकलाई ठक्कर दिँदा बसमा सवार १६ जना घाइते भएका हुन ।  घाइते मध्ये १४ जनालाई भरतपुरमा उपचारका लागि लगिएको छ ।

त्यस्तै २ जना घाइतेलाई भने काठमाडौँ रिफर गरिएको छ । प्रहरीले ट्रक र बस दुबैको चालकलाई नियन्त्रणमा लिएको छ । त्यस्तै तनहुँ दुई वटा दुर्घटना भएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ बेनिटार स्थीत पृथ्वीराजमार्गमा मुग्लीनबाट आँबुखैरेनी बजार तर्फ आउँदै गरेको लु ४५ प ९२१५ नम्बरको माृटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको ग १० प ८२९२ नम्बरको स्कुटर ठोक्कीँदा तीन जना घाइते भएका छन् । घाइते तीनै जनालाई चीतवन स्थित मेडिकल कजेजमा उपचारका लागि पठाइएको छ ।

Batas

त्यस्तै तनहुँकै अर्काे दुर्घटनामा २ जना घाइते भएका छन् । म्यादे गाउँपालिका ६ स्थित मौरी ओडार अन्तरगत पृथ्वीराजमार्गमा दमौलीबाट पोखरा आउँदै गरेको ग १३ प २८५७ नम्बरको स्कुटर र विपरित दिशाबाट आउँदै गरेको ग १ ख ३०६७ नम्बरको बस ठोक्कीँदा स्कूटर चालक ब्यास र त्यस सवार एक जना घाइते भएका हुन् । घाइतेहरुलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको प्रदेश प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.