www.tandavnews.com
Fact ~ In search of truth

चरम लापरबाहीले तोडियो ठेक्का सम्झौता

म्याग्दी ।

१८ महीनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगङ्गा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ ।

पत्र र मौखिक रूपमा पटक–पटक ताकेता र म्याद थप गर्दा समेत ढिलासुस्ती गरेकाले ठेकेदार कम्पनी गोर्खा कन्ट्रक्सन एण्ड स्वच्छन्द जेभीसँग भएको सम्झौता रद्द गरिएको रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए ।

Batas

पुरानो सम्झौता रद्द भएपछि बाँकी काम नयाँ प्रक्रियाबाट पूरा गरिने उनले बताए। ४० मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको कार्यालय र कर्मचारी आवासको लागि रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा १८ महीनामा १० वटा भवन बनाउन कम्पनीसँग नेपाल विद्युत् प्राधिकरणले ११ करोड १० लाख ६७ हजार रुपैँयामा ठेक्का सम्झौता गरेको थियो ।

२०६७ कात्तिक ४ गते ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले हालसम्म चार वटा भवन बनाएर आयोजनाको प्रर्वद्धक प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोलाई बुझाए पनि एउटा भवनको जगसमेत हालेको छैन ।

ठेकेदारको चरम ढिलासुस्ती र लापर्बाहीका कारण अन्य भवन अलपत्र अवस्थामा रहेका रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष जीवन मल्लले बताए । भवन निर्माण पूरा नहुँदै जीर्ण र थोत्रिन थालेपछि स्थानीयवासी, सरोकारवाला र जनप्रतिनिधिले दबाब दिएका थिए ।

ठेकेदारले ढलान गरेर भवन ठड्याए पनि पलास्टर, रङ्गरोगन, विद्युत्, खानेपानी जडान गर्न बाँकी छ ।     रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.