www.tandavnews.com
Fact ~ In search of truth

जिएमसीमा उपचाररत पोखरा –२२ का संक्रमित पुरुषको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा थप एक संक्रमितको मृत्यु भएको छ ।

Batas

पोखरा महानगरपालिका– २२ का ४४ वर्षीय पुरुषको आज मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आज बिहान ११ बजेर ५५ मिनेटको समयमा मृत्यु भएको हो । उनमा कार्तिक ३ गते हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोभिड–१९ सहित न्यूमोनिया र श्वासप्रश्वासको समस्या रहेको थियो ।

यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५५ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.