www.tandavnews.com
Fact ~ In search of truth

गठबन्धनको बहुमत आए मुलुक फाँसीवादतर्फ जान्छ : कृष्ण थापा

बागलुङ।
गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य कृष्ण थापाले आगामी निर्वाचनमा गठबन्धनको बहुमत आएमा मुलुक फासीवादतर्फ जाने दावी गरेका छन् । अपराधीहरु छुट्ने, निर्दोषहरु अपहरणमा पर्ने, झुठा मुद्दा लगाएर पोलिने दिने आउने उनको भनाइ छ ।

२०७४ सालको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य निर्वाचित थापाले आज सोमबार बिहान करिव ८ बजे आफ्नो फेसबुक पेजमार्फत थमकदाचित गठबन्धनको सरकार आएमा मुलुक फासीवादतर्फ जाने बताएका हुन्।

राजतन्त्रमा सबै भन्दा बदनामी राजा ज्ञानेन्द्र हुन, तिनैको शासनकालमा अयोग्य भनेर फालिएका प्रतिगमन, राष्ट्रघात र जनघातका नाइके शेर बहादुर देउवा गठबन्धनका र कम्युनिष्ट भनाउदाका मालिक भएको भन्दै थापाले ब्यङ्ग्य गरेका छन।

Batas

आगामी निर्वाचन पछि दुनियामा कतै नभएको संसार स्थापना हुन्छ भन्नेछन्, गठबन्धनको सरकार बन्यो भने नुन, चिनी, तेल, पेट्रोल र कर लगायतको उपभोग्य वस्तुको मूल्य चार गुणा बढ्ने समेत थापाले दावी गरे। गठबन्धन नातीको पालासम्म अमर रहोस भन्दै एकादुईले लुटमा साझेदारी गर्ने आरोप थापाको छ ।

गण्डकी प्रदेशसभामा एमाले नेतृत्वको सरकारलाई सघाएको भन्दै राष्ट्रिय जनमोर्चाको कार्वाहीमा परेर प्रदेश सांसद पद गुमाएका थापा यतिबेला खेतीपातीमा व्यस्त छन्। कम्युनिष्ट र कांग्रेसबीचको गठबन्धन स्वभाविक नभएको तर्क गर्दै आएका छन्।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.