www.tandavnews.com
Fact ~ In search of truth

‘विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी विवेकशील साझा’

पोखरा
ताण्डव न्यूज ।

अहिले देशैभरि संगठन बिस्तारको अभियानमा जुटेको विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले आफ्नो पार्टी विकास र समृद्धिको नेतृत्व गर्ने साझा पार्टी रहेको बताएका छन् ।

आइतबार पोखरामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मिश्रले विवेकशील पार्टीले पार्टीले भ्रष्टचार विरुद्ध प्रभावकारी अभियानको सुरुवात गरिरहेको जानकारी दिए ।

Batas

कार्यक्रममा बोल्दै विवेकशील साझा पार्टीका प्रवक्ता डा. सुर्य राज आचार्यले राजनीतिक क्षेत्रमा सबैभन्दा पहिला नागरिकहरुले प्रश्न सोध्न सक्ने वातावरण बन्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका संयोजक महेश भण्डारीले संगठन विस्तारको सुरुवातदेखि नै पर्यटन र पर्यटन सम्बन्धी उठेका विभिन्न एजेण्डा तथा मुद्धाहरुलाई प्राथमिकता दिने बताए । पोखरा उपत्यकाभित्र हिमाल छेकेर भवनहरु बनिरहँदा यसले पर्यटनमा असर पार्ने बताउँदै सो कार्यमा पनि विवेकशील साझा पार्टीको विरोध रहेको बताए ।

पत्रकार सम्मेलनमा विवेकशील साझा पार्टीका पदाधिकारी तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.