www.tandavnews.com
Fact ~ In search of truth

साहुको चार लाख चोरेर भाग्ने कर्मचारी पक्राउ

पोखरा
ताण्डव न्यूज । 

गोरखा बजारमा रहेको कलश आयल स्टोर्सबाट चारलाख नौ हजार रुपैँया चोरेर भाग्ने सोही स्टोर्सका कर्मचारीलाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राती डिजेल पेट्रोल हाल्न आएका सवारीबाट उठेको रकम लिएर राती नै भागेका मकवानपुर घर भएका १८ वर्षका राज खड्कालाई पक्राउ गरेको प्रहरी निरिक्षक झबिन्द्र भट्टराई ताण्डव न्यूजलाई जानकारी दिए ।

Batas

पैसा चोरेर भागेको थाहा पाएपछि प्रहरीले चेकजाँचलाई कडा पारेको थियो । पैसा लिएर भाग्दै गरेका उनलाई आइतबार विहान पाँच बजे मझुवा प्रहरी चौकीबाट खटिएका प्रहरीहरुले पक्राउ गरेका हुन् ।

खड्का सोही स्टोर्सको तेल बोक्ने ट्याङकरमा सहचालकको रुपमा काम गर्थे । पक्राउ परेका खड्कालाई चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.