www.tandavnews.com
Fact ~ In search of truth

खेलकुदबाट आर्थिक समृद्धि सम्भव छ : मन्त्री विश्वकर्मा

स्याङ्जा ।

युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

स्याङ्जाको स्वरेक मैदानमा बिहीबार (हिजो )आयोजित विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता शुभारम्भको क्रममा उनले नेपाली खेलाडीहरुले छोटो समयमै यस खेलको माध्यामबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएको चर्चा गरे ।

Batas

राज्यले खेलाडीको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै उनले नेपालमा विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताका साथै धेरै ठाउँमा अन्य साहसिक खेल खेल्न सकिने भएकाले प्रकृतिले दिएको उपहारलाई सक्दो सदुपयोग गरिनेमा जोड दिए ।

प्रतियोगितामा नेपाल सहित अन्य ३० देशको सहभागीता रहेको छ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ एकल र महिला तथा पुरुष गरी कूल चार इभेन्ट्सको खेल हुनेछ ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.