www.tandavnews.com
Fact ~ In search of truth

अब पोखरामा बस चढ्दा खुद्रा पैसा हैन स्मार्ट कार्ड

कार्डबाट कसरी पैसा काट्ने भन्नेबारे कम्पनीले गाडीका सहचालकहरुलाई तालीम दिनेछ

पोखरा 

ताण्डव न्यूज ।

कहिले काहिँ खुद्रा पैसा हुँदा गाडीको सहचालक र कन्डक्टरको हप्की नखाने कमै यात्रु होलान् । पोखरामा सबै भन्दा छोटो दुरीको यात्रा गर्दा बस भाडा कम्तिमा १५ रुपैयाँ तिर्नै पर्छ । लाग्ने भाडा जति हो ठ्याक्कै त्यति नै खुद्रा पैसा नहुँदा थुप्रै समस्या आइपरिरहेका छन् । एक त ठुलो नोटको पैसा दिँदा साट्न समयको झन्झट एक त सहचालकको हप्की ।

Batas

अब पोखराको सार्वजनिक सवारीमा यात्रा गर्ने जो कोहिले यि सबै झन्झट बेहोर्नु नपर्ने भएको छ । सार्वजनिक बसमा विद्युतीय टिकट प्रणाली जडान गर्न पोखरा महानगर, बस ब्यवसायिहरु र काठमाडौंको एनक्लाउड कम्पनीबीच सम्झौता समेत भएको छ । यो प्रविधि सुरु भएपछि व्यवसायीले प्रत्येक यात्रुहरुलाई जिपिएस जडित विद्युतीय कार्ड दिइनेछन् ।

‘पहिलो चरणमा पोखराका करिब ८ सय बसमा इटिकेटिङ सेवा लागु हुनेछ,’ पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुबेदी भन्छन्, ‘यात्रुले १४० रुपैयाँ खर्चेर स्मार्ट कार्ड गरिद गर्न सक्नेछन् । यो कार्ड भएपछि यात्रुले खुद्रा पैसाको झन्झट पनि बेहोर्नु पर्दैन । उक्त कार्डबाट लागेको भाडा सोझै बैंक खातामा जान्छ ।’

कार्डबाट कसरी पैसा काट्ने भन्नेबारे कम्पनीले गाडीका सहचालकहरुलाई तालीम दिनेछ । यो सेवाले यात्रुलाई निकै सजिलो र ठगिनबाट समेत बच्न सक्ने प्राविधिक कम्पनीका सिईओ दिपेन्द्र नारायण श्रेष्ठले जानकारी दिए ।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले यात्रु ठगिने दिनको अन्त्य भएको बताए । ‘अब यात्रु ठगिने दिनको अन्त्य भएको छ,’ उनले भने, ‘अब बसको रोक्ने चढ्ने पनि निश्चित स्टेशन हुन्छ । पोखराको ट्राफिक व्यवस्थापनको पहिलो चरणमा कार्ड सिस्टम लागू गर्न लागेका हौँ । पोखरामा चल्ने गाडीहरुको स्तरवृद्धीमा पनि महानगरले जोड दिनेछ ।’

अहिले पोखरा उपत्यका भित्र चल्ने सार्वजनिक सवारीमा सुरु भएको यो सेवा लामो दुरीको सवारीमा पनि सञ्चालन हुने बताइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.