www.tandavnews.com
Fact ~ In search of truth

बित्तिय संस्था सुरक्षाका लागी समिती गठन

पर्वत / ताण्डव न्युज ।

जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिहीबार ( हिजो)अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, अनुसन्धान तथा रोकथाम, प्रहरी कार्यको प्रभावकारीता, सुरक्षा योजना तथा पुर्व तयारीका विषयमा विभिन्न सरोकारवाला निकायसंग आवश्यक समन्वय, सहकार्य गर्ने र सचेतना अभिवृद्धि गर्ने अभिप्रायाले जिल्ला प्रहरी कार्यालय पर्वतको सभा हलमा पर्वत सदरमुकाम कुश्मामा रहेका बैंक, वित्तीय संस्था तथा सहकारीहरुका प्रमुख र प्रतिनिधिहरु बिच अन्तरक्रिया कार्यक्रम भएको हो ।

Batas

अन्तरक्रियामा बैंक तथा वित्तीय सस्थाहरुको आन्तरीक सुरक्षा, समस्या र बैंकमा हुन सक्ने बैंकिङ अपराध रोकथाम विषयमा छलफल भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

अन्तरक्रियामा बोल्दै पर्वतका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले सरोकारवाला निकायहरुसंग सुरक्षासंग सम्बन्धित सुझाव लिनुका साथै चाडपर्वमा अपनाउनु पर्ने सचेतना, बैंक वित्तीय संस्थाहरुले गर्नुपर्ने सुरक्षामा वैज्ञानिक साधनहरुको प्रयोग का बारेमा सुझाव दिए ।

बैंक गार्डहरुलाई दिनुपर्ने सुरक्षा सम्बन्धी प्रशिक्षण तथा बैंक तथा वित्तीय संस्थाहरुमा हुन सक्ने अपराधको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रमबाट कुश्मामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको आन्तरीक सुरक्षा व्यवस्थापनका विषयमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्नको लागि एक समिति पनि निर्माण गरिएको छ ।

प्रहरी निरीक्षक राजन रायमाझीको संयोजकत्वमा बनाईएको समितिमा बैंक, वित्तीय संस्था र सहकारीको प्रतिनिधित्व रहने गरी चार जना सदस्य रहेका छन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.