www.tandavnews.com
Fact ~ In search of truth

लेकसाइडमा भाइटिका महोत्सव हुने

पोखरा ।

पश्चिमाञ्चल होटल संघ पोखराले विगत बर्षहरुमा झैं यसपटक पनि तिहारको अवसरमा यही कात्तिक २३ गते भाइटिका महोत्सव आयोजना गर्ने भएको छ ।

पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा यो महोत्सव आयोजना गर्न लागिएको हो । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्य महोत्सवले लिएको आयोजक संस्थाका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्ने उद्धेश्य समेत महोत्सवले लिएको उनले जनाए ।

Lama collectio News Middle

नेपाली परम्परा अनुसार पर्यटकलाई तिहारको टिका लगाउने, द्यौसी भैलो खेल्ने र सेलरोटी लगायत अन्य परिकार खाने खुवाउने कार्यक्रम महोत्सव अन्तर्गत समेटिएको छ ।

गत बर्षको ११ औं भाइटिका महोत्सवमा १३ देशका ३५ पर्यटकले टिका ग्रहण गरेका थिए । भाइटिका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षहरुका पर्यटकहरु दोहो¥याएर समेत टिका लगाउन पोखरा आउन थालेका छन् । भाइटिका महोत्सव पर्यटकका लागि नयाँ पर्यटकीय प्रडक्ट समेत बन्न थालेको छ ।

महोत्सवमा सहभागिताका लागि नाम दर्ता गर्ने क्रम सुरु भइसकेको महोत्सवका संयोजक एवं संघका कोषाध्यक्ष पार्वती पाण्डेले जानकारी दिइन् । लेकसाइड स्थित होटल लेण्डमार्क, ग्ल्यासियर होटल एण्ड स्पाः र बटरफ्लाई लजमा नाम दर्ता गराउन सकिने संस्थाले जनाएको छ ।

होटल ल्याण्डमार्क र बटरफ्लाई लजले सहयोग गरेको कार्यक्रमको प्रबद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ । महोत्सवमा आफ्ना पर्यटकीय प्रतिष्ठानका पर्यटकलाई कार्यक्रममा सहभागीता गराइदिन समेत संघले सम्बन्धित सबैमा आव्हान गरेको छ । अपरान्ह साडे दुई बजे सुरु हुने कार्यक्रममा सहभागिता लागि संघले संचारकर्मीलाई समेत अनुरोध गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop