www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा नेविसंघ र प्रहरीबीच झडप, चार विद्यार्थी नेता घाइते

पोखरा
ताण्डव न्यूज ।
पोखराको पिएन क्याम्पसमा प्रहरी र नेविसंघका विद्यार्थीहरुबीच झडप भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने विषयमा विवाद भएपछि प्रहरी र विद्यार्थीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए ।

नेविसंघ नेता सागर सापकोटाले पुत्ला जलाउने कार्यक्रम भएपनि नजलाउँदै प्रहरीले हस्तक्षप गरेपछि झडप भएको जानकारी दिए । ‘हामी शान्तिपूर्ण विरोध कार्यक्रममा थियौँ । प्रहरीले हस्तक्षप गर्यो,’ उनले भने, ‘हामीले प्रहरी हस्तक्षपको प्रतिवाद गर्दा झडप भयो । प्रहरीले लाठी जार्च नै ग¥यो ।’

प्रहरीले भने विद्यार्थीले क्याम्पसको गेट भित्रबाटै प्रहरीमाथी ढुंगा बर्साउन थालेपछि झडप भएको बताएको छ । झडपमा परि नेविसंघका केन्द्रीय सदस्य गोपाल गुरुङ, नेविसंघ पिएन क्याम्पस सभापति रेशम हमाल, नेविसंघका नेताहरु अनिश पाण्डे र विकास खत्री सामान्य घाइते भएको नेविसंघले जनाएको छ ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.