www.tandavnews.com
Fact ~ In search of truth

नवौ पोखरा महोत्सवका लागी उपसमिती गठन

पोखरा ।

आगामी पुसको २७ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने नवौ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र गतिमा अगाडी वढेको छ ।

नवौ पोखरा महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउनका लागी क्लवले शनिवार विभिन्न उपसमिती गरी सल्लाहकारहरु समेत चयन गरेको छ ।

क्लवका अध्यक्ष लालकाली गुरुङको संयोजकत्वमा महोत्सव मुल आयोजक कमिटी रहने गरी ४१ वटा उपसमिती र ३० जना सल्लाहकार चयन गरिएको क्लवका महासचिव शान्ता बहादुर थापाले जानकारी दिए ।

महोत्सव सफल बनाउनका लागी कार्य सम्पादन उपसमितीमा सुक बहादुर गुरुङ, अतिथी ब्यवस्थापनमा हिमालय बख्रेल, कलाकार ब्यवस्थापन उपसमितीमा राजु श्रेष्ठ, सचिवालय उपसमितीमा लोक बहादुर थापा, प्रचार प्रसारमा शान्ता बहादुर थापा चयन भएका छन ।

यस्तै अर्थ तथा स्टल ब्यवस्थापनमा गणेश तिमिल्सिना, सुरक्षा ब्यवस्थापनमा सूर्य बहादुर बानिया, अतिथी सत्कार ब्यवस्थापनमा निर्मला लामिछाने, मञ्च ब्यवस्थापनमा पूर्णकला पोख्रेल, टिकट ब्यवस्थापनमा दिनेश सुनार, मायाको चिनो ब्यवस्थापनमा जयराम आचार्य रहेका छन ।

खाना खाजा ब्यवस्थापनमा देवानी सुवेदी, संघ सस्था समन्वयमा सीमा गुरुङ, ब्यानर ब्यवस्थापनमा पूर्ण श्रेष्ठ, स्वयंसेवक परिचालनमा विष्णु कुमार गुरुङलाई चयन गरेको छ ।

त्यसैगरी पार्किङ ब्यवस्थापन उपसमितीमा सन्तोष कार्की, मुलद्धार ब्यवस्थापनमा शिव थापा, झाकी ¥याली ब्यवस्थापन उपसमितीमा सम्मर बहादुर श्रेष्ठ, मुल्यांकन उपसमितीमा क्याप्टेन फत्त बहादर गुरुङ, अनुगमन उपसमितीमा मेजर हितमान गुरुङ रहेका छन ।

महिला समुह परिचालनमा शान्ति सुवेदी, पर्यटन ब्यवस्थापनमा कृष्ण बहादुर थापा मगर, प्रकाशन तथा मुद्रणमा ऋषिराज बराल, विद्युतिय सुरक्षामा राजेन्द्र तिवारी, यातायात ब्यवस्थापनमा श्यामकृष्ण श्रेष्ठ, हस्तकलामा सविता रञ्जित श्रेष्ठ, खानेपानी ब्यवस्थापनमा सुवेदार जस बहादुर गुरुङ रहेका छन् ।
सरसफाइ ब्यवस्थापन नविन श्रेष्ठ, स्मारक निर्माणमा सिद्धि कुमार श्रेष्ठ, बिद्युत ब्यवस्थापनमा हरि श्रेष्ठ, विद्यालय समन्वयमा राजेन्द्र बहादुर थापा, विमा ब्यवस्थापनमा लिलाधर अधिकारी, प्राथमिक उपचार ब्यवस्थापनमा नरहरि पनेरु, बाल उद्यान ब्यवस्थापनमा बिजयमान गुरुङ चयन भएका छन् ।

ट्राफिक ब्यवस्थापनमा रामबहादुर थापा मगर, मिडिया कोअर्डिनेटरमा गिता राना मगर, फोटो तथा भिडियोग्राफीमा महेन्द्र भुर्तेल, पृष्ठपोषणमा रिम बहादुर क्षेत्री, कार्यालय सचिवमा मनिशा परियार रहेका छन ।

त्यसैगरी सल्लाहकारहरुमा विश्व प्रकाश लामिछाने, सेती थापा, शुसिलराज पराजुली, रमेश बहादुर कार्की, प्रेम छिरी शेर्पा रहेका छन् ।

साथै पोखरा महानगरका वडाहरु १०,११,१२,१३,१४,१५,१८,२४,३० र ३१ का वडा अध्यक्षहरु , तीर्थलाल श्रेष्ठ, भरत केसी, सञ्जिव वहादुर कोइराला, शिव वहादुर वराल, दान बहादुर गुरुङ,  तेज बहादुर गुरुङ, रिसभ देव बास्तोला, राजेन्द्र बहादुर कार्की, पवित्रादेवी गुरुङ, कृष्ण बहादुर थापा, गोपाल गुरुङ, निलकण्ठ पोख्रेल (निश्चल), गोविन्द घिमिरे र योगेन्द्र बहादुर बस्नेत रहेका छन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.