www.tandavnews.com
Fact ~ In search of truth

भक्कानिए प्रचण्ड !

काठमाण्डौँ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वर्गीय पुत्र प्रकाश दाहालको सम्झनामा आज स्मृति सभा सम्पन्न भएको छ ।

अध्यक्ष ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा पुगेका मानिसहरुको आँखामा आशु र अनुहार मलिन देखिन्थ्यो । एकमात्र छोरा प्रकाशको पहिलो स्मृति सभामा प्रचण्डको आशु थामिएन ।

Batas

कार्यक्रममा बोल्ने क्रममा प्रचण्डले छोरा चुनावको मुखैमा प्रकाशको निधनले पार्टी सम्हाल्ने कि घर सम्हाल्ने अप्ठ्ेरो स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालेको सम्झना गरे ।कठिन परिस्थितीमा देश, जनता, नेता, कार्यकर्ताले साथ दिएकाले आज आफ्नो परिवार एकत्रित भएको बताए ।प्रकाश परिपक्व हुँदै गएको बेला असामयीक निधन भएको र त्यसबाट ठूलो क्षति पुगेको प्रचण्डले बताए ।

कार्यक्रममा प्रकाशकी श्रीमती सिर्जना दाहाल र बिना मगर ,आमा सीता दाहाल भावविह्वल देखिन्थे । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपा संयोजक महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरु सहभागी भएका थिए तर, कार्यक्रममा प्रधानमन्त्री ओली र प्रचण्डले मात्र बोलेका थिए ।

प्रधानमन्त्री केपी ओलीले जनताको हितमा योगदान गर्न सके स्वर्गीय प्रकाश दाहालप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि व्यक्त गरे । उनले शोकलाई शक्तिमा बदलेर जीवनलाई गतिशील बनाई राख्न पनि दाहाल परिवारलाई आग्रह गरे । कार्यक्रममा भावविह्वल अवस्थामा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल र उनका परिवारलाई प्रधानमन्त्री ओलीले मृत्यु फर्काउन वा सच्याउन नसकिने विषय भएको स्मरण गराउँदै संयमता उपनाउन पनि पटक–पटक आग्रह गरेका थिए ।

कार्यक्रममा प्रचण्डले दिवंगत छोरा प्रकाश र छोरी ज्ञानुको नामबाट खोलिएको ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ घोषणा गरे । कार्यक्रममा प्रकाश दाहालको स्मृतिमा निर्माण गरिएको स्मृति ग्रन्थ पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशको गत वर्ष आजकै दिन हृदयघातको कारण निधन भएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.