www.tandavnews.com
Fact ~ In search of truth

कालिकालाई गरिमाको पानी ट्यांकी

पोखरा ।

गरिमा बिकास बैक लिमिटेड शाखा कार्यालय तल्लो गगनगौंडाले एक सामुदायिक विद्यालयलाई पानी ट्यांकी सहयोग गरेको छ । बैंकले पोखरा महानगरपालिका वडा नं. ३२, मजुवा स्थित सामुदायिक सरकारी बिद्यालय श्री कालिका आधारभूत बिद्यालयलाई ट्यांकी हस्तान्तरण गरेको हो ।

बैंकले स्वच्छ खानेपानी ब्यवस्थापनको लागि ५०० लिटरको १ थान पञ्चकन्या पानी ट्यांकी एक कार्यक्रम गरि हस्तन्तरण गरेको हो । कार्यक्रममा बिकास बैकको पोखरा क्लस्टर प्रमुख भोला प्रसाद तिवारी, लघुबित्त बिभाग प्रमुख नविन प्याकुरेल, तल्लो गगनगौडा शाखाका प्रमुख केश बहादुर गुरुङ र शाखा कार्यालय तल्लो गगनगौंडा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बिद्यालयको तर्फबाट बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर गुरुङ, प्रधानाध्यापक बिष्णु बहादुर बस्नेत, बिद्यालय ब्यवस्थापन समितिका सदस्यहरु, अबिभावक संघका पदाधिकारीहरु बिद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरुको उपस्थित रहेका थिए ।

कार्यक्रममा बोल्दै बैकका पोखरा क्लस्टर प्रमुख भोला प्रसाद तिवारीले सरकारले समेत उपेक्षा गर्ने गरेको सरकारी विद्यालयका विद्यार्थीहरुले स्वच्छ पिउने पानीको व्यवस्था गर्नको लागि बैंकले पानी ट्यांकी सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे ।

साथै उनले गरिमा बिकास बैकले ग्राहकलाई अरु प्रतिस्पर्धीहरु संग प्रतिस्पर्धा गर्न सक्ने सवै सेवा सुविधाहरु छिटो छरितो रुपमा प्रदान गरि ग्राहकको मन जित्न सफल भई आज विकास बैंकहरुको अग्र स्थानमा रहेको समेत जानकारी गराए । बैकले बिद्यालयको अनुरोध अनुसार संस्थागत सामाजिक उत्तरदायित्व र्अन्तगत उक्त पानी ट्यांकी सहयोग गरिएको बैकका तल्लो गगनगौडा शाखा प्रमुख केश बहादुर गुरुङले जानकारी गराए ।

विद्यालयको तर्फबाट बोल्दै विद्यालयका प्रधानाध्यापक बिस्नु बहादुर बस्नेतले विद्यालयको समस्या तथा संभावना बारे जानकारी गराउदै पानी टंकी सहयोगले बैंक तथा समाजको सम्बन्ध अझ प्रगाढ भएको कुरा बताए । प्रधान कार्यालय काठमाडौं लाजिम्पाटमा रहेको गरिमा विकास बैकले हाल देश भरि ६६ वटा शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आईरहेकोे छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.