www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा काँग्रेसले लगाएको तालाबन्दी खुल्यो

संजय रेग्मी,
पर्वत/ताण्डव न्यूज ।

पर्वतको महाशिला गाउँपालिकाको कार्यालय र ६ ओटा वडा कार्यलयहरुमा लागेको तालाबन्दी बुधबार साँझबाट खुलाइएको छ ।

गाउँपालिकाकी उपप्रमुख हिरा राना, जिल्ला समन्वय समिति सदस्य विष्णुराम बि.क, प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्री र आन्दोलनरत काँग्रेसका प्रतिनिधिहरुकोबीचमा भएको छलफलमा सहमति जुटेपछि तालाबन्दी खुलाइएको हो ।

छलफलमा सहभागी भएका गाउँपालिका उपप्रमुख, जिल्ला समन्वय समिति सदस्य र प्रमुख प्रशासकीय अधिकृतले काँग्रेसले उठाएका मागहरूलाई शीघ्र कार्यपालिकाको बैठक डाकेर सोही बैठकमा प्रस्तुत गर्ने जिम्मा लिएपछि आफुहरुले लगाएको ताला खुलाइएको महाशिलाका काँग्रेस नेता उज्वल गुरुङले जानकारी दिए । छलफलमा आगामी दिनमा काँग्रेसलाई पनि पालिकादेखि वडासम्मका छलफल र क्रियाकलापमा सहभागी गराउने पनि सहमति भएको छ ।

गाउँपालिकाले गर्दै आएका कामहरूमा नेपाली काँग्रेसलाई बेवास्ता गरी सहभागी नगराइएको, नेकपाका कार्यकर्ताहरूलाई सहयोग हुने गरी मात्र गाउँपालिकाले कामहरू गरिरहेको लगायतका आरोप लगाउँदै काँग्रेसले सोमबार गाउँपालिकाको कार्यालयमा र मङ्गलवार गाउँपालिकाभित्रका ६ ओटै वडा कार्यालयहरूमा तालाबन्दी गरेको थियो । तालाबन्दीबाट स्थानीय सेवाग्राही समस्यामा परेका थिए भने गाउँपालिकाले पनि तालाबन्दी नखुलाए काँग्रेसका विरुद्धमा कानुनी उपचार खोज्ने चेतावनी दिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.