www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्रीको आदेश मान्दैनन गण्डकीका प्रमुख सचिब !

ताण्डव न्यूज, पाेखरा ःमंगलबार र बुधबार बसेको प्रदेश समन्वय परिषदको दोस्रो बैठक सकिए लगत्तै साँझ ५ः३० बजे पत्रकारहरु पोखराको होटल ग्राण्ड पुगे । मुख्यमन्त्रीले बैठक समापन भएको घोषणा गरे ।

२६ वुँदे निर्णय गरेर सम्पन्न भएको उक्त बैठकबारे बुझ्न पत्रकारहरु सरकारका प्रवत्ता तथा भौतिक पुर्वाधार बिकास मन्त्रीकहाँ पुगे । मन्त्री बस्नेतले लगत्तै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई निर्णय दिन अनुमति लिएर त्यहाँ रहेका कर्मचारीहरुलाई फोटोकपी गरेरै दिन आग्रह गरे । लगत्तै प्रमुख सचिब लक्ष्मीराम पौडेल आएर निर्णय नदिन कर्मचारीहरुलाई निर्देशन  दिए ।

पत्रकारहरुले मुख्यमन्त्री ज्यूको आदेशमा मन्त्री ज्यूले दिनु भन्नुभएको छ भनेपनि उनले निर्णय नदिन भन्दै कर्मचारीहरुलाई निर्देशन दिए । केही बेर पत्रकारहरुसँग चर्काचर्की नै परेपछि सरकारका प्रवत्ता समेत रहेका मन्त्री बस्नेत आएर सहजीकरण गरी गरेपछि निर्णय दिइएको थियो ।
बैठकको सुरुवातको दिनमा प्रदेशभरीका जनप्रतिनिधीलाई बोकेर आएका सवारी चालकलाई फोहोर जनप्रतिनिधीले खाएको भन्दा भिन्न खाना खुवाउन उनैले होटल प्रशासनलाई निर्देशन दिएका थिए । उनले सूचना लुकाउन खोजेको यो पहिलो घटना भने होइन । केही समय अघि देशभरीकै मुख्यमन्त्रीहरुको भेलाले गरेको निर्णय दिन पनि उनले आनाकानी गरेका थिए । त्यो बेला पनि मन्त्री बस्नेतले नै सहजीकरण गरेर निर्णय सार्वजनिक गरिएको थियो ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.