www.tandavnews.com
Fact ~ In search of truth

फागुन ७ गते पाेखरा सफल अन्तर्राष्ट्रिय म्याराथन

पोखरा,
ताण्डव न्यूज ।

भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ७ गते १३ औ सफल अन्तर्राष्ट्रिय म्याराथन– ०७५ हुने भएको छ ।

शुक्रबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले खेलकुद पर्यटन प्रवद्र्धन गर्न र बर्षको एक दिन म्याराथन प्रतियोगितालाई उत्सवको रुपमा विकसित गराउनका लाति म्याराथनको आयोजना गरिएको बताए ।

Batas

‘म्याराथनलाई हरेक देशले विकासको रुपमा लिएको पाइन्छ,’ गुरुङले भने, ‘त्यसैले म्याराथनको माध्यमबाट खेलकुद पर्यटकको विकास र समृद्धिमा टेवा पुग्नेमा हामिले विश्वास गरका छौ ।’

सफल पोखरा अन्तराष्ट्रिय म्याराथन महानगरपालिकाको लागि गौरवको कुरा रहेको वडा नं ५ का अध्यक्ष एंव प्रवक्ता धनबहादुर नेपालीले बताए ।

‘विकास र समृद्धिका कुरा खेलकुदबाट पूर्ण हुनेछ,’ उनले भने, ‘पोखराको उद्यमी तथा घरेलु व्यवसायीलाई खेलकुदले चिनाउने कुरामा विश्वास लिएको छु ।’

दौड स्वास्थ्यको लागि, दौड पोखराको लागि भन्ने नारा सहित आयोजना हुन लागेको म्याराथन दौडको दुरि ४२.१९५ कि.मि रहेको छ । यस्तै महिला र पुरुष खेलाडीहरु बीचमा १० कि.मि दौड प्रतियोगिता हुनेछ । महिला र पुरुष खेलाडीहरुको बीचमा ५ कि.मि दौड प्रतियोगिता पनि राखिएको छ ।

प्रतियोगितामा ४२.१९६ कि.मि दौडको प्रथम पुरस्कार १ लाख रुपैयाँ, द्धितिय पुरस्कार ७० हजार रुपैयाँ, तृतीय पुरस्कार ५० हजार रुपैयाँ र सान्त्वना पुरस्कार ७ हजार रुपैया प्रदान गरिनेछ ।

१० कि.मि दौडको महिला र पुरुष तर्फ प्रथम, द्वितिय, तृतीय हुनेले १५, १०, ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने ५ कि. मि दौडको महिला र पुरुष तर्फ प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश १० हजार, ७ हजार र ४ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिए । प्रतियोगितामा करिब ५ हजार पोखरेलीहरुलाई दौडमा सहभागी गराउने लक्ष्य आयोजकले लिएको छ ।

तस्विर ः सुर्दशन रञ्जित

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.