www.tandavnews.com
Fact ~ In search of truth

अब गण्डकी प्रदेशकाे अाफ्नै लोकसेवा अयोग !

ताण्डव न्यूज, पोखरा ः गण्डकी प्रदेशले लोकसेवा आयोग गठन गर्ने प्रक्रिया अघि बढाएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले लोकसेवा आयोग गठनको सम्बन्धमा लगेको प्रस्तावलाई बुधबार बसेको गण्डकी प्रदेशको मन्त्री परिषदको बैठकले स्वीकृती दिने निर्णय गएको हो ।
‘प्रदेश लोकसेवा आयोगको लागि कानुन तर्जुमाको लागि सैद्धान्तीक स्वीकृती दिइयो,’ बैठक पछि सरकारका प्रवत्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने, ‘यो चाहीँ नेपालको संविधानको धारा २४४ अनुरुप प्रत्येक प्रदेशले लोकसेवा आयोग गठन गर्न सक्ने भनेर उल्लेख भएअनुसार हामीले पनि प्रक्रिया अघि बढाएका हौँ ।’ यस आयोगले कर्मचारी भर्ना, छनोट तथा पदपूर्ती, बढुवा गर्न सक्ने लगायतका अधिकार पाउने बस्नेतले जानकारी दिए ।
बुधबारको बैठकले प्रदेश तालीम प्रतिष्ठान सम्बन्धी कानुन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती पनि दिएको छ । तालीम प्रतिष्ठान सम्बन्धी प्रस्ताव पनि मुख्यमन्त्री तथा मन्त्रीपरिषदकै कार्यालयले लगेको थियो । उक्त प्रतिष्ठानले गण्डकी प्रदेश भित्र रहेका जनप्रतिनिधी तथा कर्मचारीहरुलाई विभिन्न विषयमा तालीम दिने, ज्ञानसिप प्रदान गर्ने बस्नेतको भनाई छ । गण्डकी प्रदेशले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेअनुसार उक्त विषयलाई अघि बढाएको उनले जानकारी दिए ।
गण्डकी सरकारले बुधबारको मन्त्री परिषदबाट यस अघि नीति तथा योजना आयोगको विज्ञ सदस्यको रुपमा रहेका विष्णु राज बराललाई योजना आयोगको सदस्यको रुपमा नियुक्त गरेको छ । बराले सहायक मन्त्री सरहको सेवा सुविधा पाउने सचिब लालमणि ओझाले जानकारी दिए ।
बुधबार नै उद्योग वन तथा वातावरण मन्त्रालयको दुई वटा नितिको मस्यौदाहरु स्वीकृत गरिएको छ । वातावरण तथा जलवायू परिवर्तन निति २०७५ र वन तथा जलाधार ब्यवस्थापन निति २०७५ को मस्यौदा स्वीकृत गरी छलफलको लागि आर्थिक तथा सामाजिक विकास समितिमा छलफलको लागि पठाउने निर्णय भएको मन्त्री बस्नेतले जानकारी दिए ।
त्यस्तै उद्योग वन तथा वातावरण मन्त्रालयकै वन तथा वातावरण संरक्षण एवं ब्यवस्थापन कार्याक्रम कार्यान्वयन कार्यविधि २०७५ लाई सैद्धान्तिक स्वीकृत गरी प्रशासन तथा विद्येयक समितिमा छलफलका लागि पठाइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.