www.tandavnews.com
Fact ~ In search of truth

एड्भेन्चर लवरका लागी ग्रेड हिमालयन फेस्टिवल

पोखरा / ताण्डव न्यूज ।

पोखरा महोत्सवमय बनिरहेका बेला पाचौँ अन्तर्राष्ट्रिय ग्रेड हिमालयन फेस्टिवल को आयोजना हुने भएको छ ।

फेस्टिवल मंसिर २४ गते देखि २६ गते सम्म चल्ने महोत्सवको आयोजक नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष सुर्दशन न्यौपानेले जानकारी दिए । हिमालयको सेरोफेरोमा हुने गतिविधी ,शाहसिक खेलहरु ,हिमाली भेगका मानिसहरुको कल्चर,दिनचर्या,उनीहरुको फुड,कस्टमलाई उजागर गर्नको लागी महोत्सवको आयोजना गरिएको कोषाध्यक्ष न्यौपानेले बताए ।

Batas

‘जसरी पोखरालाई तालैतालको शहर भनिन्छ त्यसरी नै पोखरालाई फरकफरक फेस्टिवल हुने शहरको रुपमा विकास गर्नका लागी फेस्टिवलको आयोजना गरेका हौँ ’, उनले भने यो फेस्टिवल एड्भेन्चरसगँ सम्बन्धित ,माउन्टेनर,पर्वतीय गतिविधीसगँ सम्बन्धित महोत्सव भएकाले यो नितान्त फरक खालको महोत्सव भएको न्यौपानेले दाबी गरे ।

महोत्सवमा होटलहोटलका टुरिष्टलाई सहभागी गराई दौड प्रतियोगिता ,बाइकिङ प्रतियोगिता,विद्यार्थीबीच हिमाल सम्बन्धि पेन्टिङ प्रतियोगिताको आयोजना समेत गरिने भएको छ । महोत्सवमा नेपालको हिमाली खानालाई विश्वस्तरमा प्रतिष्पर्धी छ भन्ने खालको विशेष प्रर्दशन गरिनेछ ।

यो फेस्टिवल माउन्टेनर,एड्भेन्चर लवरको कुम्भभेलाको रुपमा लिइएको छ । फेस्टिवलमा माउन्टेनरले आफ्नो अनुभव र सीपको साटासाट गर्नेछन ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.