www.tandavnews.com
Fact ~ In search of truth

महायज्ञबाट ९७ लाख सङ्कलन

 

दमौली ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित सिद्धेश्वरी शिव मन्दिरसहित सर्वाङ्गीण विकास गर्ने उद्देश्यसहित सञ्चालित महायज्ञमा ९७ लाख रुपैयाँ सङ्कलन भएको छ ।

मङ्सिर २३ गतेदेखि सिद्धेश्वरी मन्दिर प्राङ्गणमा सञ्चालन गरिएको महायज्ञमा ९७ लाख तीन हजार १ सय ९६ रुपैयाँ सङ्कलन भएको आयोजकले जनाएको छ । महायज्ञमा शुक्लागण्डकी नगरपालिका–२ कोत्रेका सुमन रानामगरले तीन लाख ६७ हजार र सोही ठाउँका जनकराज सिग्देलले तीन लाख ५५ हजार रुपैयाँ दान गरेको नगरपालिकाका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए ।

सिद्धेश्वरी मन्दिर निर्माण गर्ने र जुवादी अमलकोटको ज्वालादेवी मन्दिरसम्म पुग्ने पदमार्ग विस्तार गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमराज खनालले बताए । भागवत रसिक युवा गुरु ऋषिराम महाराजले कथावाचन गरेकाे महायज्ञमा चौरासी पूजा, एकल तथा सामूहिक ब्रतबन्ध, नवग्रह शान्ति पुजन, विवाह, तुलादान, लाखबत्ती प्रज्ज्वलन, पितृ उद्धार, १००८ शालिग्राम परिक्रमालगायत कार्य गरिएका थिए । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.