www.tandavnews.com
Fact ~ In search of truth

वरिष्ठ नेता पौडेल विरुद्ध जोशीले गरे कमिटी गठन

पोखरा ,
ताण्डव न्यूज ।

काँग्रेस नेता गोविन्दराज जोशीले समानान्तर कमिटी गठन गरेका छन् । आज तनहुँमा विशेष भेलाको आयोजना गरि नेता जोशीले वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध कमिटी गठनको घोषणा गरेका हुन् ।

पार्टीको संगठन झनझन् कमजोर बन्दै गएको , सदस्यता वितरण गर्नुको साटो लुकाएर राखेकाले जिल्लाको काँग्रेस नेतृत्व असक्षम बनेको भन्दै जोशीले तनहुँको विशेष अधिवेशन आगामी माघ ८ गते गर्ने घोषणा पनि गरेका छन् ।

Batas

कार्यक्रममा विशेष अधिबेसन सम्पन्न गर्न विभिन्न चारवटा समिति गठन गरेको जानकारी दिइएको छ । भेलाले विशेष अधिवेशन तयारी समितिको संयोजकमा डिल्लीराम अधिकारीलाई चयन गरेको छ भने सहसंयोजकमा ऋषिराम पोखरेल, सचिव परशुराम गिरी र कोषाध्यक्ष चिनु पोखरेल छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.