www.tandavnews.com
Fact ~ In search of truth

सीमित शहरीकरणमा अव्यवस्थित अग्रसरता

– सञ्जय भण्डारी (डटजे)

ठीक सात बर्ष अगाडीको कथा अनि सात दशक पश्चातको दुर्दशा सायदै शब्दमा उतार्न सकिएला । र पनि देशको समृद्धिका लागि अत्यावस्यक पाटा, जनता, को आतालिएको मन अनि निर्दोष तर निराशाले गालेको मस्तिष्कमा मलम लागाउने ससाना प्रयास जारी रहनेछन् ।

भूमिका 

Batas

चटके उमेरमा, कहिँ परको चट्टान तिरबाट चट्यांग सरी चर्को ध्वनि बाहक पटाका सुन्दै अनि त्रसित बाबुआमाको निर्धक्क आडमा घरको एकमात्र मोवाईल मा ‘स्नेक गेम’ खेल्दै हुर्किएका हामीमा विरलै केही कमी महसुस गर्ने मौका मिल्यो । कथित पुरानो नेपाल र नयाँ नेपालको परिवर्तनकारी समय को साँक्षी बन्ने अवसर प्राप्त गर्नु नै सायद ठूलो भाग्य थियो हाम्रो । अवसोच, प्रत्याभूति केवल शाब्दिक नारामै सीमित भए ।विल्कुल त्यहि हजारौंको रगताम्य खोलाको पानि सरी । जसलाई कथित समृद्ध नयाँ नेपालको बाढीले बगाई लग्यो ।

कथा 

म, जेनतेन सत्र वर्षको उमेर पुग्दा, पोखराको मध्य पूर्वी भागमा अवस्थित एउटा विशाल खेतीयोग्य जमीन थियो जसलाई कुडहर फाँटको नामले चिन्दथे । संवैधानिक–संघीयता लागुहुनु पुर्व नै उक्त जमीनमा संघीयता कार्यान्यवन भैइदियो । सिंगो फाँट टोलीय सरकारमा रुपान्तरण गरियो । स्वेच्छीक मन्त्रालय रुपी निजी आवासको निर्माण धमा धम गरियो । अनि आज, सातौँ सयको संख्यामा बनेका संरचनाहरुले उर्बर जमिनलाई पूर्णरुपमा कंक्रिटिकरण गरिदिएका छन् । त्यो पनि सात वर्ष पुग्न नपाउँदै विडम्बना ! यो एउटा प्रतिनिधि पात्रको कथा मात्र हो जहाँ लाखौं पात्रहरुको आआफ्नै चिन्तन सरिक छन ।

विकास र अग्रसरता

कलियुगको मध्यान्तर तिर आइपुग्दा अनि एक्काइसौं शताब्दीको बेगलाई समालिरहनुपर्दा बाटो बिनाको विकास र भवन विनाको भविष्य संभवत अकल्पनीय छ । तर त्यहि बहानामा जमिनविनाको जीवनको परिकल्पना गर्नुलाई मूर्खता शिवाय अरु नाम दिन असमर्थ छु । किनकी यी शब्दहरु आदर्शवादको कट्टर विरोधी अनि यथार्थवाद र बौद्धिकतावादको सच्चा अनुयायीको कलम बाट साभार छन् ।

यत्रतत्र सर्वत्र विकसित मुलुकहरुले आफ्नै कृतिम चन्द्रमा, कृतिम नक्षत्र बनाइरहदा, विकासशील मूलुकमा स्तरोन्नति नगरिदिनुहुन अनुरोध गरिरहनुपर्ने अवस्था कुनै २/३ वर्षको कर्मको उपज पक्कै होइन । तर कुनैपनि विकास का योजनाहरुमा दिगोपन ल्याउन वा झल्काउन पनि सकिंदैन भने त्यसलाई कार्यान्वयनमा लैजानुको कुनै तुक रहदैन र छैन ।

यो सबै भनिरहँदा, विकसित मुलुकको विकास हेरी जिब्रो काड्दै बस्नु पनि आवस्यक छैन । किनकी कुनैपनि देशले जस्तो सुकै कृतिम वस्तुको निर्माण गरेतापनि कृतिम धर्तीको निर्माण अकल्पनीय छ । अनि त्यहि जगत, जसविना जीवन सम्भवछैन , त्यसको उचित प्रयोजन गर्नु आजको हाम्रो आवश्यकता हो ।

कुनै पनि देशको विकासका मुख्य पाटा भनेका जनता, आवश्यक नीति भनेको राजनीति अनि परिचालन तन्त्र भनेको कर्मचारीतन्त्र नै हो । संयोग नै भनुँ , विकासका प्रमुख ३ चिज नै निराशाले गलेको देश हो आजको नेपाल ।

जबसम्म हामीले सगरमाथाको गहिराई, अन्धा गल्क्षि को उचाई, सशस्त्र आन्दोलान पश्चातको शान्ति अनि तराई हुँदै हिमाल तर्फ बग्ने ती असंख्य नदीको बेग बुझ्न सक्दैनौ । अनि केवल सगरमाथा को उचाई, अन्धा गल्छिको गहिराई, बुद्धको शान्ति मै गर्व गरिरहन्छौं तवसम्म हाम्रो भूमिमा वास्तविक विकास मौलाउने छैन ।

अव्यवस्थित शहरीकरण र अग्रसरता 

टेक्नोलोजीको युगमा बाँचेर पनि सीमित इन्टरनेटको बहावमा नतमस्तक भैरहँदा २/४ वटा सहरमा बढेका निर्यातित गाडीको जामले यदाकदा विकसित देशमा बसेको आभास हुनु नौलो कुरा हैन । तर धनी व्यक्ति धनाड्य  नै भैरहनु र गरिब जनता झन गरिबीमा डुब्नु कुनै पानिजहाजले निम्त्याएको भेलको असर नभई सीमित क्षेत्र र वर्गका पक्षमा गरिएका विकास को परिणाम हो ।

दशकौं लगाएर बनाएका नीतिहरुको कार्यान्वयन गराउन थप केही दशक लगाउँदै गर्दा नीतिको समयावधि नै समापन तिर पुगेको अवस्थामा ती नीतिको पारदर्शीतामै प्रश्न चिन्ह खडा हुनु अर्को चिन्ताको बिषय हो ।

खेतीयोग्य जमिनको सम्रक्षणका निमित्त बाँध निर्माण गर्ने भनि ५ बर्षे योजना आगाडी बढ्छ । सकिंदा सम्म १५ वर्ष लाग्छ अनि पुनस् त्यही खेतलाई अन्धाधुन्ध खण्डिकरण गरिन्छ, त्यो पनि स्थानिय सरकारको आग्रसरतामास स्वरोजगारको सपनामा तल्लीन समस्त कृषक को साधना भंग गरिन्छ अनि वैदेशिक यात्राको सुरुवात ।

संघीय सरकार भू–खण्डिकरण को खिलाफ मा उभिदैंगर्दा स्थानीयसरकार अनि वास्तविक सरोकारवालाहरु क्षणीक फाइदाको पक्षमा लाग्नु भनेको विकासको दिगोपनलाई दिवंगत बनाउनु र भावी सन्ततिको भविष्य माथि खेलवाड गर्नु बाहेक अरु केही हुन सक्दैन । तीन तहको सरकार बीचनै आवश्यक समन्वयन नहुनु भनेको अर्को ठूलो चुनौती अनि संघीयताको धरातलमा ल्याइएको कम्पन हो ।

यसै त भ्रष्टाचारले पिल्सिएको अनि खुट्टा तान्ने प्रवृत्तिले ढाकिएको हाम्रो समाजमा, छ लेनको बाटो निर्माण गरिरहँदा डेढ लेनको पुल छोड्ने योजनाकार अनि नवनिर्मित पुलको शिलान्यास देखि सम्पन्न भैन्जेल मुख सिलाएर उद्घाटनको भोलिपल्ट देखिनै बन्दबिरोध गर्न थाल्ने समस्त जनताको आचरणले गर्दा सीमित शहरीकरणमा अव्यवस्तित अग्रसरता मौलाउनु प्रमुख कारण बनेको छ ।

अन्ततः आजको आवश्यकता भनेको सीमित शहरीकरणको झ्यालखाना बाट बाहिर निक्लीएर, भू–खण्डिकरणलाई मर्यादित बनाई, दुरगामी सोंचलाई आत्मसाथ गर्दै दिगोपनले झेलिएको विकासलाई गाउँ– गाउँ सम्म पु¥याउनु हो जसका कारण विकासका मेरुदण्ड अर्थात सक्षम युवाशक्तिको वैदेशिक पलायन लाई न्यूनीकरण गरी कृषि, पर्यटन लगायतका स्वरोजगारको माध्यम बाट सर्वपक्षीय विकास सम्भव बनाउन सकिन्छ ।

इमेल : [email protected]

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.