www.tandavnews.com
Fact ~ In search of truth

पुराना कुवा संरक्षण गर्दै अन्नपुर्ण गाउँपालिका

पोखरा ।

अन्नपूर्ण गाउँपालिका कास्कीले सयौंँ वर्ष पुराना कुवा संरक्षण गर्ने भएको छ । प्राचीनकालदेखि सर्वसाधारणको खानेपानीका उपयुक्त विकल्प बनेका कुवा र तिनको महत्व समेतलाई दृष्टिगत गरी गाउँपालिकाभित्रका सयौँ वर्ष पुराना झण्डै दुई दर्जन कुवाको संरक्षण गर्न पहल थालिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

स्थानीयवासी समेतको सक्रियतामा कुवा संरक्षण कार्यलाई अघि बढाइने उल्लेख गर्दै उहाँले यस आर्थिक वर्षका लागि गाउँपालिकाले पाँच लाख बजेट छुट्याएको बताए । अन्नपूर्ण गाउँपालिका–२ स्थित रातामाटा कुवा यहाँको झण्डै ४०० वर्ष पुरानो भएको विश्वास गरिने कार्यपालिका सदस्य भगवती भण्डारीले बताए।

गाउँपालिका–५ झोवाङस्थित चिसापानी कुवा, वडा नं ६ लुम्लेस्थित माझखोला कुवा, वडा नं ९ उल्लेरीस्थित उजेली कुवालगायतका झण्डै दुई दर्जन कुवा यस क्षेत्रमा बस्ती शुरु हुँदादेखि नै अस्तित्वमा आएको मानिन्छ । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.