www.tandavnews.com
Fact ~ In search of truth

पहिलो मिस म्याग्दीको ताज हिनालाई

 

 

संजय रेग्मी ,
पर्वत / ताण्डव न्यूज ।

म्याग्दी सदरमुकाम बेनी स्थित क्याम्पस चोककी हिना खड्का छन्त्याल पहिलो मिस म्याग्दी बनेकी छिन ।

किङस्टार क्रिएसन प्रा.लि.को आयोजनामा बेनीमा सम्पन्न मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको फाईनलबाट १४ बर्षिया छन्त्यालले मिस म्याग्दीको बिजेता बन्दै ताज पहिरिएकी हुन । प्रतियोगितामा फष्ट रनर सोनीया पुन, सेकेण्ड रनर अप सुस्मीता बानियाँ, थर्ड रनर अप एस्पीला बानियाँ र फोर्थ रनर अप सपना रोका बनेकी छिन । बिजेताहरुलाई विभिन्न २२ विधामा अवार्ड प्रदान गरिएको छ ।

फाईनलमा पुग्न सफल प्रतियोगिहरुलाई परिचय, क्रिएसन र अन्तरनिहित क्षमता प्रदर्शन सहित प्रश्नोत्तरबाट बिजेता छनोट गरिएको थियो । १४ देखि २९ बर्ष उमेर समुहका युवायुवतीले सहभागीता जनाउन पाउने नियम राखिएको प्रतियोगितामा सहभागीलाई तालिम मार्फत नेतृत्व र क्षमता विकास गराईएको थियो भने क्षमता, सुन्दरता र कला प्रदर्शनको आधारमा बिजेता छनौट गरिएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.