www.tandavnews.com
Fact ~ In search of truth

मनाङे भए फायर, भन्छन् ‘सपथ ग्रहण नगराउनेलाई कानुन नसिकाई भएन’

पोखरा

ताण्डव न्यूज ।

आइतबार गण्डकी प्रदेश सभाका सभामुखले कार्य परामर्श समितिको बैठक डाके । बैठकमा सभामुख नेत्रनाथ अधिकारीले गुण्डा नाइके राजी गुरुङ (दिपक मनाङे) लाई सपथ खुवाउने या नखुवाउने बारे परामर्श लिएका थिए । समितिका सभापति मायानाथ अधिकारी लगायतको टोलीले तत्काल सपथ गराउन नहुने सुझाब दिए र सभामुख अधिकारीले पनि कानुनी पाटो नसुल्झी सपथ ग्रहण नगराउने निर्णय गरे ।

Batas

सभामुखको उक्त निर्णय प्रति गुण्डा नाइके मनाङेले सरकारमा रहेकाहरुलाई कानुन सिकाउने प्रतिक्रिया दिएका छन् । ‘मैले कानुन अनुसार निबेदन दिएको हुँ,’ मनाङेले ताण्डव न्यूजसँगको टेलिफोन सम्पर्कमा भने, ‘अहिले सरकारमा रहेकालाई कानुनी कुरा नै थाहा रैनछ कानुन के हो भनेर म आफैँ गएर सिकाउँछु ।’ मनाङेले बैठक बसेर सभामुखलाई सुझाब दिनेहरुलाई कानुन सिकाउने समेत बताए ।

मनाङे आइतबार साँझ पोखरा आइपुगेका छन् । उनले सपथ नगराउने निर्णय गरेका सबैलाई भेटेर कानुन सिकाउने समेत बताए ।

मनाङ ख बाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित मनाङे सपथ खान नपाउँदै ज्यान मार्ने उद्योगमा अदालतले मुद्धा चलायो र जेल चलान गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.